नवलपुरका ११ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइयो

आदर्श समाज सम्वाददाता
वैशाख २३, २०७७
swb

नवलपरासी, २३ बैशाख । पूर्वी नवलपरासीबाट मंगलबार ११ जनाको श्वाब संकलन गरि पठाइएको छ ।

नेपालकै केही जिल्लामा कोरोनाको संक्रमण बढेपछि नवलपुरमा नेपालकै ती जिल्लाहरुबाट आएकालाई पनि स्वाब संकलन गरेर कोरोना संक्रमित भए नभएको परीक्षण गर्न थालिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईका अनुसार नवलपुरमा कावासोती, बौदीकाली, गैडाकोट, देवचुली र विनयी त्रिवेणीका गरी ११ जनाको मंगलबार मध्यविन्दु जिल्ला अस्पतालमा स्वाब संकलन गरिएको हो ।

उनीहरु भारतका साथै नेपालको उदयपुर, नेपालगञ्ज, विरगञ्ज, जनकपुरबाट आएका हुन् ।यस अघि नवलपुरमा ६० जनाको स्वाब संकलन गरि परीक्षण गरिएकोमा सबैको कोरोना भाइरस नेगेटिभ आएको थियो ।

Related News

सम्बन्धित समाचार

  • पोखरा १५ मा बृहत् खेलकुद महोत्सव

    आदर्श समाज सम्वाददाता माघ ४, २०८१
    पोखरा । पोखरा वडा कार्यालय १५ आयोजनामा बुधबारदेखि तेस्रो बृहत् खेलकुद महोत्सव सुरु भएको छ । वन विज्ञान अध्ययन संस्थानमा…
  • पोखरा महानगरले आजदेखि करार कर्मचारीलाई हाजिर नगराउने

    प्रकाश ढकाल माघ ४, २०८१
    पोखरा । पोखरा महानगरपालिकाले शुक्रबार (आज) देखि नै करारका कर्मचारीलाई हाजिर नगराउने भएको छ । करार कर्मचारी नहटाउन माग गर्दै…
  • एन प्याब्सन महाधिवेशन फागुनमा

    आदर्श समाज सम्वाददाता माघ ४, २०८१
    पोखरा । नेशनल प्याव्सनको आठौं राष्ट्रिय महाधिवेशन आगामी फागुन दोस्रो साता काठमाडौंमा हुने भएको छ । संस्थाको पोखरामा सम्पन्न राष्ट्रिय…
  • रिहर्सलमा ‘सपना डिलक्स कोच’

    आदर्श समाज सम्वाददाता माघ ४, २०८१
    पोखरा । चर्चित कलाकार अनुप बरालको सक्रियतामा पोखरा–३, नदीपुरमा ‘हंसध्वनि’ नाटकघर निर्माणाधीन छ । निर्माण पूरा नहुँदै सोही नाटकघरमा एक…
  • पंगेनीको प्रस्तुतिमा रमाए दर्शक

    आदर्श समाज सम्वाददाता माघ ४, २०८१
    पोखरा । लोकप्रिय गायक बद्री पंगेनीको प्रस्तुतिमा पोखरेली दर्शक रमाएका छन् । प्रायः वियोगान्त गीत गाएर दर्शकलाई रुवाउने लोक तथा…

hero news full width