पुस्तक व्यवसायलाई अत्यावश्यक सामाग्रीमा राख्न माग

आदर्श समाज सम्वाददाता
वैशाख २२, २०७७
95510505_677712316358835_4445114950326681600_n

पोखरा २२ बैशाख । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको प्रतिनिधि मुलक टोलीले गण्डकी प्रदेशकी सामाजिक बिकास मन्त्री नरदेवी पुनसँग भेटघाट गरी पुस्तक व्यवसायीले अत्यावश्यक सामाग्री राख्न  पाउनु पर्ने   माग गरेको छ ।

मन्त्री पुनसँग भेटघाटमा विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस र नेपालका सातै प्रदेशमा भैरहेको लकडाउनले लाखौं विद्यार्थीको पढाई, हजारौं पुस्तक व्यवसायीहरुकोे व्यापार , आम पाठक बर्गमा पर्न गएको असर प्रति ध्यानआर्कर्षण गराएको हो ।

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका प्रथम उपाध्यक्ष ऋषिराम शर्मा भण्डारी , गण्डकी प्रदेशका अध्यक्ष दुर्गा श्रेष्ठ साथै केन्द्रीय सदस्य शिवराज बास्तोला सहितको टोलीले सामाजिक बिकास मन्त्री नरदेवी पुनसँग भेट गरी सम्पुर्ण मानव जातिमा स्वास्थ सम्बन्धी त्रासमा रहेको विद्यमान अवस्था, बर्तमान र आगामी दिनमा गण्डकी प्रदेश भित्र पुस्तक तथा स्टेशनरी (शैक्षिक, पाठ्य) सामाग्रीको अवस्था लकडाउन खुले पछिको अवस्थालाई कसरी सहज गर्ने र शिक्षा जस्तो महत्त्वपूर्ण व्यवसाय भएकोले पुस्तक व्यवसायलाई अत्यावश्यक सामाग्री अन्तर्गत राखी सुरक्षित तरिकाले काम गर्ने बाताबरण शृजना गरीदिन समेत पुस्तक व्यवसायहरुले आग्रह गरेका छन् ।

सरकारले जनताको स्वास्थ र जीउ ज्यानको सुरक्षाका लागि गरिएको लकडाउनको पूर्णरुपले पालना गर्ने प्रतिवद्धता समेत व्यवसायीद्धारा व्यक्त गरिएको थियो । छलफलमा सामाजिक मन्त्री पुन सकारात्मक रहेको बताउदै ब्यवसायीहरुको सुझाव यथासक्के सम्वोधन गरीने बताउदै चाडैन मुख्यमन्त्रीसगँ छलफल गरेर सम्वोधन गरीने नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका केन्द्रीय सदस्य शिवराज बास्तोलाले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width