खैरेनीटार, २० बैशाख । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९(कोरोना भाईरस) का कारण उत्पन्न बिकराल परिस्थितिमा रहेको रगत अभावलाई मध्यनजर गर्दै प्रोगेसिभ इन्जिनियर एसोसिएसन(पिन) तनहुँ जिल्ला कमिटीले शुक्लागण्डकी नगरपालिका खैरेनीटार बजारमा आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ३० यूनिट रगत संकलन भएको छ । कार्यक्रममा तनहुँ जिल्ला रक्त सञ्चार सेवा दमौलीको प्राविधिक सहयोग रहेको थियो ।
प्रमुख अतिथि नेकपा तनहुँ सचिवालय सदस्य रामचन्द्र उपाध्यायले विपत्तिको बेलामा रगतको अभाव हुन नदिन सामाजिक दुरी कायम गर्दै नियमित जस्तो रक्तदान हुनु आवश्यक रहेको वताए ।
कार्यक्रममा शुक्लागण्डकी नगरपालिका उपप्रमुख सविता रसाईली, शुक्लागण्डकी नगरपालिका प्रशासकिय प्रमुख गंगालाल सुवेदी, नेकपा तनहुँ सचिवालय सदस्य देललाल खनाल, पिन केन्द्रिय सदस्य टेक बहादुर कटुवाल, नेकपा शुक्लागण्डकी नगर कमिटीका अध्यक्ष मुक्तिनाथ तिम्सिना, पिन गण्डकी प्रदेशका विकास वाग्ले, महेन्द्र गोदार,नगर प्रबक्ता खिम बहादुर कुमाल, शुक्लागण्डकी वडा नं. ६ का वडा अध्यक्ष कृष्ण बहादुर पौडेल, वडा नं. ७ का राम बहादुर क्षेत्री थापा, शुक्लागण्डकी उद्योग वाणिज्य संघका अध्यक्ष हरिकुमार श्रेष्ठ,सुरेस तिमिल्सिना, कार्यक्रम व्यवस्थापन समिति प्रोगेसिभ इन्जिनियर एसोसिएसन(पिन)का जिवन पौडेल, सुमन गिरी लगायतले वोलेका थिए ।
प्रोगेसिभ इन्जिनियर एसोसिएसन(पिन) प्रदेश सदस्य कृष्ण भण्डारीको अध्यक्षता रहेको कार्यक्रममा स्वागत प्रदेश सदस्य अनिस कुमार ढकालले गरेका थिए भने सञ्चालन जिल्ला सचिव दिपक कुँवरले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
रिहर्सलमा ‘सपना डिलक्स कोच’
पंगेनीको प्रस्तुतिमा रमाए दर्शक
मानवअधिकार एलायन्समा पन्थी
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह
लाइसेन्स ट्रायलमा अब सुजुकीको अल्टो के१० र हिरो होण्डा पनि, सनराइजले दियो सुविधा
hero news full width
मुख्य समाचार
करार र काजले भरिएको पोखरा महानगर
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
माघ २, २०८१पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
माघ २, २०८१२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
माघ १, २०८१पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१