एमसीसीमा ११ बुँदा संशोधन गर्न समितिको सुझाव

एजेन्सी
वैशाख १९, २०७७
F041306PM-0035.JPG

काठमाडौं, १९ वैशाख । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा वरिष्ठ नेता झलनाथ खनाल, नेताद्वय भीमबहादुर रावल र प्रदीपकुमार ज्ञवाली सदस्य रहेको समितिले तयार पारेको प्रतिवेदनमा एमसीसी कम्प्याक्टका ११ बुँदा संशोधन गर्न सुझाव दिइएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) बारे अध्ययन गर्न गठित कार्यदलले इन्डोप्यासिक स्ट्राटेजी (हिन्द प्रशान्त रणनीति) कै अंग र ११ बुँदा संशोधन गर्न सुझाव दिएको हो । कार्यदलको सुझावमा एमसीसी कम्प्याक्ट जस्ताको तस्तै पारित गर्न नहुने उल्लेख छ । उसले बुँदागत रुपमा संशोधन गर्नुपर्ने बुँदाबारे उल्लेख गरेको छ ।

अमेरिकी राष्ट्रिय सुरक्षा र रक्षा रणनीतिको एउटा महत्वपूर्ण बुँदाको रुपमा हिन्द प्रशान्त रणनीति ल्याइएको देखिन्छ भने यि सबै रणनीतिको अंगको रुपमा एमसीसी अन्तर्गतको कार्यक्रम सञ्चालन गरिएको प्रतिवेदनमा उल्लेख छ । ‘एमसीसीको कार्यक्रम आर्थिक योजनासंग सम्बन्धित देखिए पनि यो अमेरिकी सरकारको सुरक्षा लक्ष्य र कार्यक्रमसंग घनिष्ट रुपमा जोडिएको देखिन्छ’ कार्यदलले प्रतिवेदनमा भनेको छ ।कार्यदलले एमसीसी अन्तर्गत नेपाललाई प्राप्त हुने अनुदान अमेरिकी सामरिक र रणनीतिक लक्ष्य अन्तर्गत हिन्द प्रशान्त रणनीतिसंग सम्बन्धित नभएको र नहुने कुरा सुनिश्चित हुनेगरी नेपाल र अमेरिकाका बीच औपचारिक पत्राचारद्वारा प्रष्ट गर्न सुझाव दिएको छ ।‘कुनै पनि सैनिक वा राजनीतिक शक्ति गठबन्धनमा सामेल हुने वा कसैको सुरक्षा छाता अन्तर्गत रहने कुरा नेपालको संविधान तथा नेपाल कम्युनिष्ट पार्टीको नीति र सिद्धान्तअनुसार अमान्य छ’ प्रतिवेदनमा भनिएको छ ।

परराष्ट्रमन्त्री समेत रहेका कार्यदलका सदस्य ज्ञवालीले भने प्रतिवेदनमा १५ बुँदे फरक मत राखेका छन् । एमसीसीको विषयमा अतिरञ्जित प्रचार भएको उनको निश्कर्ष छ ।ज्ञवालीको फरक मतमा भनिएको छ, ‘परियोजनाको सुरक्षाका नाममा अमेरिकी सेनाको प्रवेश हुने, शिविरहरु खडा हुने, यसले भूराजनीतिक द्वन्द्व सिर्जना हुने, यस परियोजनाले अन्य छिमेकी मुलुकहरुसँग नेपालले गरेका सम्झौताहरु अवरुद्ध हुने, सम्झौता अमुक सम्झौता भन्दा पनि बढी ‘राष्ट्रघाती’ हुने भनेका छन् ।

Related News

सम्बन्धित समाचार

  • पंगेनीको प्रस्तुतिमा रमाए दर्शक

    आदर्श समाज सम्वाददाता माघ ४, २०८१
    पोखरा । लोकप्रिय गायक बद्री पंगेनीको प्रस्तुतिमा पोखरेली दर्शक रमाएका छन् । प्रायः वियोगान्त गीत गाएर दर्शकलाई रुवाउने लोक तथा…
  • पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह

    आदर्श समाज सम्वाददाता माघ ३, २०८१
    पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा शिक्षा र स्वास्थ्यमा ठूलो परिवर्तन भएको बताएका छन् । कुलपति हैशियतमा पोखरा स्वास्थ्य…
  • करार र काजले भरिएको पोखरा महानगर

    आदर्श समाज सम्वाददाता माघ ३, २०८१
    पोखरा । तनहुँ घिरिङ गाउँपालिकामा कार्यरत् सातौं तहकी इन्जिनियर ज्योति थापा २०७७ फागुनमा पोखरा महानगर काजमा सरुवा भइन् । काज…
  • काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि

    आदर्श समाज सम्वाददाता माघ २, २०८१
    पोखरा । काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सभापति रवि लामिछाने धरौटीमा रिहा भएका…
  • पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू

    आदर्श समाज सम्वाददाता माघ २, २०८१
    पोखरा । पोखरा वडा कार्यालय १५ आयोजनामा बुधबारदेखि तेस्रो बृहत् खेलकुद महोत्सव सुरु भएको छ । वन विज्ञान अध्ययन संस्थानको…

hero news full width