काठमाडौं, १६ वैशाख । कोभिड—१९ महामारीको फैलावट र प्रभाव विरुद्ध लड्न विश्वका सबैं ठाँउबाट सहयोग बढ्दै जाँदा, नेपालमा कोका—कोलाले फ्रन्टलाइन स्वास्थ्यकर्मी, आपतकालिन कामदार र यस्तो अनिश्चित समयमा धेरै प्रभावित भएका वेस्ट वर्करहरुलाई सहयोग पुर्याउन रु ८ करोड प्रारम्भिक सहयोग गर्ने वाचा गरेको छ ।
कोका—कोलाले नेपालमा शुरु गरेको राहत कार्यक्रमले यस अभूतपूर्व समयमा देशभर १ लाख भन्दा बढि जीविकालाई लाभान्वित र सकारात्मक प्रभाव पार्ने उद्देश्य राखेकाे छ ।
नेपालमा कोका—कोलाले देशलाई सुरक्षित राख्न अथक परिश्रम गरिरहेका फ्रन्टलाइन स्वास्थ्यकर्मीहरु र आपतकालिन कामदारहरुका लागि आधारभूत स्वास्थ्य सुविधाहरु, आवश्यक मेडिकल उपकरण र व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) को वृद्धि गरि तत्काल राहत प्रदान गरी समुदायलाई सहयोग गर्न सक्रिय कदम चालेको बताएकाे छ । यसको साथै कम्पनीले आपतकालिन कामदारलाई पेय पदार्थ र दैनिक ज्यालामा निर्भर प्रभावित समुदायलाई खाद्यान्न राहत सामाग्रीहरु प्रदान गर्दै सहयोग गरेको जनाएकाे छ । यी पहलहरु — पर्टनर, गैर सरकारी संस्था र समुदायहरुको संयुक्त प्रयासमा शुरु गरिएको बताइएकाे छ।
कोका—कोलाले नेपालमा समुदायहरुलाई कोभिड—१९ विरुद्ध लड्न र यसको थप फैलावटलाई कम गर्न सहयोग पुर्याउन नेपाल रेडक्रस सोसाइटी र रिसाइक्लिङ्ग पार्टनर क्रियशनसँग साझेदारी गरेको छ । कोका—कोला कम्पनी र बोटलिङ्ग पार्टनर बोटलर्स नेपाल लिमिटेड यस विश्वव्यापी संकटमा आफ्ना कर्मचारी, उपभोक्ता र समुदायहरुको सुरक्षा र हित सुनिश्चित गर्न प्रतिबद्ध रहेकाे जनाएका छन् ।
कोका—कोला, अप्रेशनका भाइस प्रेसिडेन्ट सुन्दीप बजोरियाले भन्नुभयो, “ग्लोबल कोभिड—१९ महामारीले हामी सबैका लागि अत्यन्तै चुनौतिपूर्ण समय निमत्याएको छ । यो अशान्तिको बखत हामीलाई स्थिर राख्ने सम्पूर्ण साहसी फ्रन्टलाइन कर्मचारीहरुप्रति हार्दिक आभार प्रकट गर्दछौं । महामारी मार्गनिर्देशनका लागि हाम्रो दृष्टिकोण कम्पनीको उद्देश्यमा आधारित छ जसले हामी विश्वभरका समुदाय र मानिसहरुमा प्रभावकारी सेवालाई निरन्तरता दिन प्रयासरत रहेको सुनिश्चित गर्दछ । नेपालमा हामी हाम्रा पार्टनहरुका साथ स्वास्थ्य, सुरक्षा र समुदायको जीवनयापन सुधारका लागि काम गरिरहेका छौं ।”
Related News
सम्बन्धित समाचार
सिद्ध र कालिका क्रिकेटको फाइनलमा
पार्टी अफिस बनाउँदै कांग्रेस गण्डकी प्रदेश समिति, बास्तोला तोकिए संयोजक
मानव सेवा अश्रममा खाना खुवाइयो
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
क्यानडा पढ्न जानेलाई दूतावासको सुझाव : विद्यार्थीले सोचेजस्तो छैन, विचार गरेर आउनुस्
hero news full width
मुख्य समाचार
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१