पोखरा । राहत नपाएपछि पोखरा ९ पृथ्वीचोक स्थित सुकुम्बासी बस्तीका नागरिकहरुले वडा कार्यालय घेराउ गरेका छन् । दैनिक ज्यालादारी गरेर गुजारा गर्दै आएको आफुहरुलाई सरकारले कुनै राहत नदिएको उनीहरुको गुनासो छ ।
बसपार्क स्थित कृष्णटोलका १ सय ९४ घरदुरीमा राहत वितरण नगरिएको उनीहरुको भनाई छ । वडाध्यक्षलाइ समेत पटकपटक फोन गरेर राहत माग गरेपनि सुनुवाई नभएको एक मजदुरले बताए ।
‘५ जनाको परिवार छ । सरकारले १० किलो चामल दिन्छ । काम रोकिएको महिनादिन वितिसक्यो । हामीले के खाने ?,’ एक मजदुरले भने, ‘लकडाउन भनेर भोकमरीले मर्ने भैयो । छिटो राहत दिनुप¥यो ।’ उनीहरुले आवश्यक्ताका आधारमा सबैलाई राहत उपलब्ध गराउनुपर्ने माग राखेका छन् ।
वडा नम्बर ९ का अध्यक्ष रामराज लामिछानेले राहतमा कुनै विभेद नभएको र पटकपटक वितरण भैसकेको दावी गरे । ‘उचालेर आएका हुन् । चुल्हो नबल्ने कोही पनि छैन । एकपटक सर्वदलीय बैठक राखेर राहत बाँडेको हो । बेलाबेलामा अरु पनि दिईरहेका छौं,’ उनले भने, ‘दोश्रो पटक पनि बाँड्नका लागि पनि तयारी गरिरहेका छौं । उकास्दिन्छन् । अनि नजिकको सरकारमा घेर्ने त हो नि ।’
पोखरा महानगरपालिकाले २० हजार भन्दा बढीलाई राहत वितरण गरिसकेको छ भने विभिन्न संघ संस्थाले पनि थप १२ हजार परिवारलाई वितरण गरेका छन् । अहिले पनि ठाउँठाउँमा राहत वितरण भैरहेको छ । पोखराका विभिन्न ठाउँबाट तयारी खाना पनि उपलब्ध गराईएको छ । यद्यपी मजदुररहरुको गुनासो भने ज्यूँका त्यूँ छ ।
Related News
सम्बन्धित समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
hero news full width
मुख्य समाचार
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१