बैतडी । लकडाउनका कारण भारतीय क्वारेनटाइनमा रहेका बैतडीका तीन जना किरियापुत्री बुवा बितेको चार दिनपछि बुधबार बेलुका नेपाल प्रवेश पाएका छन् । जिल्लाको पुर्चौडी नगरपालिका–३ का प्रेम धामी, अम्मर धामी र राम धामीले बुवा बितेको चार दिनपछि नेपाल प्रवेश गर्न पाएका हुन् ।
झुलाघाट नाकाबाट नेपाल प्रवेश गरेका किरियापुत्रीका बुवा उजले धामीको आइतबार मृत्यु भएको थियो। भारतीय क्वारेन्टाइनमा रहेकै बेला ती मजदूरका बुबा बितेका हुन् ।
नेपाल भित्रिँदा स्वास्थ्य चेकजाँचलगायतका सम्पूर्ण प्रक्रिया पुर्याइएकाे जनाइएको छ । उनीहरु तीनै जना पिथौरागढको गर्मेन्ट इन्टरमेडियट कलेजमा क्वारेन्टाइनमा बसिरहेका थिए। पाँच भाइमध्ये तीन भाइ भारतमा मजदूरी गरी फर्किरहेका बेला लकडाउन भएपछि सीमामै रोकिएका थिए । यसअघि दार्चुलाको शैल्यशिखर नगरपालिकाका वासुदेव भट्टको आमाको पनि निधन भएपछि छ दिनपछि नेपाल भित्र्याइएको थियो।
Related News
सम्बन्धित समाचार
मेला हेरे मोबाइल !
सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’
राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु
बयानपछि लामिछानेलाई परिवारको जिम्मा
विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन
hero news full width
मुख्य समाचार
सार्वजनिक लेखा समितिमा बहस: बजेटमा फिक्सिङ भयो
जनप्रियको वार्षिकोत्सवमा सम्मान
माघ १०, २०८१खेलकुद पत्रकार मञ्च गण्डकीमा एमबि आस्था निर्वाचित
माघ १०, २०८१पुम्दीकोटमा धार्मिक महोत्सवको तयारी
माघ १०, २०८१गण्डकी प्रदेशका पत्रकारलाई धितोपत्र बजार र वस्तु विनिमय बजारसम्बन्धी तालिम
माघ ९, २०८१सुरक्षा माग्दै वडाका जनप्रतिनिधि प्रहरीमा
माघ ९, २०८१