पोखरा, १० वैशाख । भूपू. राष्ट्रिय पञ्चायत सदस्य तथा समाजसेवी नन्दजङ गुरुङको बेलायतमा निधन भएको छ ।कास्कीको मादी गाउँपालिका–२ ताङतिङ पण्डित टोलमा जन्मिएका गुरुङ विगत केही समयदेखि बेलायतमा बसोबास गर्दै आएका थिए । उनी एक राजनीतिज्ञ मात्रै नभई तमू जातिको इतिहासविद्, पैडी एवम् एक कुशल बुद्धिजीवी पनि थिए । विगत केही समयदेखि क्यान्सर रोगबाट ग्रस्त थिए । सोमवार राति बेलायतमा ८७ वर्षको उमेरमा निधन भएको हो ।
उनको निधनले ताङतिङबासीले एक कुशल अभिभावक, सामाजिक अभियान्ता तथा सबैको मार्ग दर्शक गुमाएको मादी गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङ बताए । वि.सं. २०२१ सालमा तत्कालीन लमजुङ जिल्लाको प्रतिनिधित्व गरेर माननीय बनेका गुरुङले ताङतिङ गाउँलाई देश विदेशमा चिनाउनुका साथै आफनो क्षेत्रमा विकास निर्माणको काममा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनले काहुँखोला– दुधपोखरी ग्रमिण सडक निर्माणलगायत कास्कीको उत्तरपूर्वी गाउँहरुको विकासमा महत्वपूर्ण भूमिका खेलेका छन् । पोखरा–१२ सितलादेवीमा बस्दै आएका स्वर्गीय गुरुङका श्रीमती, एक छोरा र चार छोरी छन् ।
Related News
सम्बन्धित समाचार
कागबेनीमा कलेजको बस दुर्घटना, २१ घाइते
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
कालीगण्डकीमा बेपत्ता बौदीकाली २ दिदीबहिनीको शव फेला
सेतीको खोंचबाट सशस्त्र प्रहरीको गोताखोरले निकाल्यो युवकको शव
अछाममा आगलागी हुँदा २ नाबालकको मृत्यु
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१