सीएसएल फुटबल लिग जुन महिना बाट शुरु गर्ने तयारी

एजेन्सी
वैशाख १०, २०७७
CSL China

चीनमा यस सिजनको चीनीया सुपर लिग (सीएसएल) फुटबल लिग जुन महिनाबाट शुरु गर्ने तयारी थालिएको समाचार छ ।

कोरोना भाइरसका कारण स्थगित भएको चीन सुपर लिग (सीएसएल) को सिजन जुनबाट सुरु हुन सक्ने बताइएको हो । सीएसएल क्लब ग्वांग्झु आर एन्ड एफसीका अध्यक्ष हुआंग सेगाहुआले लिग जुनको अन्त्य वा जुलाईको पहिलो सताबाट सुरु गर्न सकिने बताएका हुन् ।

ग्वांग्झु क्लबका अध्यक्ष हुआंगले लिगको विषयमा मिडियासँग कुराकानी गरेपनि चीनीया फुटबल संघले भने यस विषयमा कुनै औपचारिक घोषणा गरेको छैन । सीएसएल २२ फेब्रुअरीबाट सुरु हुने तय भएको थियो । तर, कोरोना भाइसरका कराण लिग स्थगित गरिएको थियो ।

युरोपसहित विश्वभर स्थगित भएका लिगहरूको नजर सीएसएलमा रहेका बेला ग्वांग्झु क्लबका अध्यक्ष हुआंगले यस्तो प्रतिक्रिया दिएका छन् । चीनबाट सुरु भएको कोरोना भाइरसले विश्वभर आक्रान्त पारेका बेला चीनले यस चुनौतीको सामना गर्न सक्छ कि सक्दैन भन्ने सबैले प्रतिक्रिया दिएका छन् ।

‘पछिल्लो स्थितिलाई विश्लेषण गर्दा लिगको नयाँ सिजन जुनको अन्त्यबाट सुरु गर्न सकिनेछ,’ ग्वांग्झु क्लबका अध्यक्ष हुआंगले भने, ‘यस स्थितिलाई हेर्ने हो भने पूरै सिजन खेल्न सकिनेछ । जसका प्रत्येक टिमले ३० खेल खेल्ने छन् ।’

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै