पोखरा, ९ वैशाख । रेष्टुरेण्ट एण्ड बार एसोसिएसन अफ नेपाल (रेवान) पोखराले रेष्टुरेण्टहरुमा काम गर्ने ६४ जनालाई राहत वितरण गरेको छ। लकडाउनका कारण घर नगई पोखरामा नै बसेकाहरुलाई सोमबार रेवानले सहयोग प्रदान गरेको हो ।
उनीहरुलाई चामल १२ केजी, दाल २ केजी, तेल १ लिटर, १ किलो नुन, स्वायविन लगाएतका खाद्य सामग्री वितरण गरेको रेष्टुरेण्ट एण्ड बार एसोसिएसन अफ नेपाल (रेवान) का अध्यक्ष भिमसेन भुजेलले जानकारी दिए ।
‘रेष्टुरेण्टमा काम गर्नेहरुलाई खाने कुराको अभाव भयो भन्ने थाहा पाउने वित्तिकै सहयोग गरेका हौ,’ अध्यक्ष भुजेलले भने ‘रेवानको बैठक बसेर आवश्कय रकम छुट्टाएका छौ ।’ उनले एउटा परिवारलाई १५ सय बराबरको सामग्री दिएको बताए । वितरण कार्यक्रममा गण्डकी प्रदेशका सांसद राजीब पहारी, पोखरा महानगर पालिका वडा नम्बर वडा सदस्य हरि पहारी लगाएतले सहयोग प्रदान गरेका थिए ।
त्यसै गरी रेवान पोखराले कोरोना भाइरसको संक्रमण फैलान नदिन लेकसाइडमा किटनासक औषधि (डिसइन्फेक्सन स्प्रे) छर्केको छ । सोमबार पोखरा महानगरका सगँको सहकार्यमा किटनासक औषधि लेकसाइडका सबै क्षेत्रमा छर्केको हो । राहत वितरण र औषधि छर्कनका लागि करिब १ लाख ५० हजार खर्च भएको अध्यक्ष भुजेलले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
पामेका अनधिकृत संरचनामा महानगरको डोजर
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री
hero news full width
मुख्य समाचार
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१