नेपालमा थप एक जनामा कोरोना संक्रमण देखिएकाे छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमोयोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले उदयपुरमा थप एक जनामा सङ्क्रमण देखिएको बताउनुभयो । उहाँले शुक्रबार उदयपुरमा देखिएका १२ जनाको समूहकै व्यक्तिमा आज परीक्षणका क्रममा सङ्क्रमण देखिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार ती व्यक्ति उदयपुरका ६५ वर्षीय पुरुष हुन्। उहाँका अनुसार सङ्क्रमित नेपाल वा भारती हुन भन्नेबारे अझै विस्तृत विवरण प्राप्त हुन सकेको छैन । योसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या ३१ पुगेको छ । शुक्रबार उदयपुरमा एक मस्जिदमा रहेका १२ जनामा सङ्क्रमण देखिएको थियो । मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीले कोशी अस्पतालमा परीक्षणका क्रममा सङ्क्रमण देखिएको बताउनुभयो । उहाँले सङ्क्रमितका नजिकका आफन्तको कन्ट्याक ट्रेसिङ पनि शुरु गरिएको जानकारी दिनुभयो ।
नेपालमा पहिलो पटक गत माघ ९ गते र दोस्रो पटक चैत १० गते विदेशबाट आएका मानिसमा सङ्क्रमित देखिएको थियो । आज टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत १९ वर्षीया प्रसिद्धि श्रेष्ठ पूर्णरुपमा स्वथ्य भई घर फर्कनुभएको छ ।
Related News
सम्बन्धित समाचार
सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
भलिबलमा अटल हिमाल
hero news full width
मुख्य समाचार
गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
वैशाख २३, २०८१