शुक्रबार एकै दिन १४ जना संक्रमित थपिएका छन् । उदयपुरमा १२ जना र चितवनका २ जना गरी १४ जना थपिएको हाे। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फेसबुक पेजमार्फत संक्रमित संख्या पुष्टी गरेको हो ।
उदयपुरको मस्जिदमा रहेका ८ भारतीय नागरिकमा कोरोना पोजेटिभ भेटिएको हो । उनीहरुसँगै बसेका ४ नेपालीमा पनि कोरोना पुष्टी भएको छ। ति सबैजना पुरुष छन् ।
भुल्केस्थित मस्जिदमा केही भारतीय नागरिक बसेको सूचना आएपछि मंगलबार सुरक्षाकर्मीसहित मस्जिद पुगेको स्वस्थ्यकर्मीको टोलीले उनीहरुको स्वाब नमुना लिएको थियो। उनीहरुको स्वाब परीक्षणका लागि कोशी अस्पताल विराटनगर ल्याइएको थियो। सबैको रिपोर्ट पोजेटिभ भेटिएपछि थप परिक्षणका लागी काठमाडौं पठाइएको थियो। काठमाडौंको प्रयोगशालाले पनि उनीहरुमा कोरोना पुष्टी गरेको छ । भारतीयहरु सप्तरीमा भएको मुश्लिम धार्मिक सभामा आएको र यतै लुकेको आशंका गरिएको छ ।
यस्तै शुक्रबार थपिएका दुई जना संक्रमित चितवनको राप्ती नगरपालिका-८ का आमा छोरा हुन् । ‘बेलायतबाट एक महिनाअघि फर्किएका आमा छोरामा कोरोना पोजिटिभ देखिएको हो। यसअघि भरतपुरमैं गरिएको पीसीआर परीक्षणमा पनि पोजिटिभ देखिए पनि थप पुष्टि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो।
याे सँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ३० पुगेकाे छ। पहिलो संक्रमित भने निको भइसकेका छन् ।
Related News
सम्बन्धित समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
hero news full width
मुख्य समाचार
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१