लकडाउनको अबज्ञा गर्दै नारायणीमा स्नान गर्नेको घुइँचो

रामकुमार श्रेष्ठ
वैशाख १, २०७७
Narayani

नवलपुर । लकडाउन अबज्ञा गर्दै नयाँ वर्षमा नारायणी नदीमा स्नान गर्ने र पुजा आजा गर्नेको बिहानैदेखि घुइचो लागेको छ । नयाँ वर्षमा नारायणी नदीमा नुहाउनाले रोग निको हुने र ऐश्वर्य बृद्धिहुने भन्दै नुहाउने चलन छ ।

सोमवार नारायणी नदी किनारका घाटहरुमा बिहानैदेखि सर्वसाधारण केटाकेटी बोकेर नदी किनारमा पुगेका थिए । बाक्लो भिड छ भन्ने जानकारीपछि पुगेको प्रहरीले सर्वसाधारणलाई टाढाटाढा बसेर स्नान गर्न र चाडो घर फर्किन आग्रह गरेको देखिन्थ्यो । नयाँ बर्षमा गंगा स्नान गर्नाले रोगब्याधिले छुन्न भन्ने सनातन मान्यताका आधारमा आफुहरु स्नान गर्न र पुजाआजा गर्न आएको पिठौली स्थित नदी किनारमा भेटिएका पण्डित सुर्बमन्यम पौडेलले सुनाए । उनले रोग निकोहुने भएकाले नुहाउन पर्ने दावी गरे । स्नान गरेकाहरुले नदी किनारमै बत्ति बाल्ने, सूर्यलाई जल, अर्घ चढाउने गरेका थिए । नजिकमा मन्दिरहरुमा जल चढाउनेको उत्तिकै घुइचो थियो ।

पिठौलीका राजन गुरुङले रोग नलाग्ने बिश्वासमा सोमबार बिहान ५ बजेवाट पिठौली स्थित नदी किनारमा सर्वसाधारण ओइरिएको सुनाए । उनका अनुसार अघिल्ला वर्ष भन्दा यो बर्ष भिड बढि देखिएको छ । सर्बसाधारणलाई १ मिटर दुरी कायम गरेर नुहाउन प्रहरीले गरेको आग्रहलाई कसैले टेरेनन् । एकै परिवारका सबै जसो नदी किनारमा आएका थिए । टाढाटाढावाट गाडि मोटरसाकल र साइकल र रेक्सामा समेत सर्वसाधारण पुगेका देखिन्थे ।

प्रशासनले लकडाउनको उल्लंघन नगर्न र घरघरमै नुहाउन गरेको आग्रह बेवास्ता गर्दै नदी किनारमा गत वर्षहरुमा भन्दा बढी भिड लागेको हो ।

केहीले सामाजिक दुरी कायम गरेको देखिए पनि अधिकांशrajkले सामाजिक दुरी समेत ख्याल नगरेको पाइएको थियो ।

Related News

सम्बन्धित समाचार

  • बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । बझाङ प्रदेशसभा–१ बाट प्रदेशसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार दमन बहादुर भण्डारी निर्वाचित भएका छन् । उनी ११ हजार…
  • बिपिसीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    स्याङ्जा । गल्याङ् नगरपालिकामा स्थापित बुटवल पावर कम्पनी (बिपिसी) ले विद्युत महसुल बढाउने जानकारी गराउँदै स्याङ्जा सदरमुकाममा शनिबार सार्वजनिक सुनुवाई…
  • क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा, १६ वैशाख । क्षत्री समाज नेपाल केन्द्रीय समितिको चौंथो राष्ट्रिय महाधिवेशनले पोखराका रिवबहादुर थापाको अध्यक्षतामा शनिबार ४१ सदस्यीय कार्यसमिति…
  • झोलाबाट अफिस चलाउँदै बाल संगठन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । अनाथ र सहाराविहीन बालबालिकालाई आश्रय दिने उद्देश्यले स्थापित नेपाल बाल संगठन कास्की आफैं आश्रयविहीन छ । पोखरा–३, नदीपुरस्थित…
  • क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा। क्षत्री समाज नेपाल केन्द्रीय समितिको चौंथो राष्ट्रिय महाधिवेशनले पोखराका रिवबहादुर थापाको अध्यक्षतामा शनिबार ४१ सदस्यीय कार्यसमिति सर्वसम्मत् निर्वाचित गरेको…

hero news full width