तोलाकान्त बगाले-वालिङ, १ बैशाख । यहाँको ग्रहौं प्राथमिक अस्पतालमा आइतबारबाट आरडिटी (र्यापिड डायग्नोष्टिक टेष्ट) किटबाट कोरोना परीक्षण शुरु गरिएको छ ।
उच्च जोखिममा रहेका देशहरुबाट आउने ब्यक्तिहरु तथा उनीहरुको सम्पर्कमा रहेका घरपरिवारका अन्य सदस्यहरुलाई चिकित्सक तथा स्वास्थ्यकर्मीको सिफारिसमा परीक्षण गरिने वालिङ नगर प्रमुख दीलिपप्रताप खाँणले बताए । आइतबार एक भारतीय नागरिक र एक नेपाली नागरिक गरी दुई पुरुषको आरडिटी किटबाट परीक्षण गरिएकोमा दुबै जनाको रिपोर्ट नेगेटिभ आएको नगर प्रमुख खाँणले बताए ।
“वालिङ नगरपालिकालाई हालसम्म गण्डकी प्रदेश सरकारबाट एकसय २० वटा किट प्राप्त भएको छ” नगर प्रमुख खाँणले भने “यो किटबाट छोटो अवधिमै नतिजा पत्ता लगाउन सकिने भएकाले आवश्यकता अनुसार थप किटका लागि पहल भईरहेको छ ।”स्थानीय अस्पतालका प्राविधिकहरुबाट परीक्षण गरिने भएकाले पनि सहज र छिटो नतिजा प्राप्त हुने वालिङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले बताए ।
उच्च जोखिममा रहेका ब्यक्ति वा उनीहरुको परिवारको किटका माध्यमबाट पोजेटिभ नतिजा देखिएमा क्वारेन्टाईनमा राखी पुनः पिसिआर प्रविधिबाट यकिन गर्न थप परीक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाईने ग्रहौं प्राथमिक अस्पतालका प्रमुख डा. पवन अर्यालले बताए ।
Related News
सम्बन्धित समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
सिजी मोटर्सको नयाँ शोरुम पोखरामा, टिटी ग्लोबलले थाल्यो बिक्री
रानाभाट/भाटलाई छुट्टै जातिमा सूचीकृत गरिने
२८ वैशाखदेखि फिल्म ‘खजुरे ब्रो’
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१