पोखरा महानगरपालिका वडा नंं–३२, अन्तरगतका विभिन्न स्थानमा रहेका दैनिक ज्यालादारी मजदुर लगायत जोखिममा परेका नागरीकलाई आजदेखि राहत वितरण सुरु गरिएको छ ।
कोरोना भाइरसका कारण सरकारले चैत ११ गते देखि घोषणा गरेको लकडाउन लाई प्रभावकारी बनाउदा दैनिक जीविको पार्जनमा समस्या परेको परिवारकालाई लक्षित गरी वडाले विभिन्न स्थानमा राहत वितरण शुरु गरेको हो ।
शुक्रवार वडा का विभिन्न स्थान मजुवा, लामेआहाल, नयावस्ती खहरेखोला, छुची, ठुलापाटन, गढि, लामपाटन, स्कूल टोल, खुदीखोला, राजाका चौतारा मालमुल, स्यानघारी लगायतका स्थानमा राहत विरण गरीएको छ भने शनिवार विहान ८ बजे देखि वाँकी रहेका साविक लेखनाथ १४ र १५ वडाका स्थान खोलाको छेउ, सातमुहाने, मालेपाटन, ढोडवेसी र देउराली फेदीका स्थानमा राहत वितरण गरिएकाे जानकारी वडा अध्यक्ष अक्कलवहादुर कार्कीले जानकारी दिए ।
राहत वितरण प्रतेक दुई परिवारका लागि २५ के.जी. चामल,२ के.जि दाल, १ के.जि. केराउ, १ लिटर तेल र १ के.जि. नुन वितरण गरिएको छ ।
राहत वितरण कार्यक्रममा जनप्रतिनिधि, वडा कार्यालयका कर्मचारी, पत्रकार, वडा प्रहरी, आमा समुह तथा विभिन्न संघ संस्थाहरु खटिएका छन्। वडा मा १४ सय ४६ जना लक्षित वर्गलाई राहत वितरण गरिने लक्ष्य रहेको छ।
पोखरा महानगरपालिका (उपत्यका) छिर्ने मुल नाका पनि यस क्षेत्रमा पर्ने हुदा उक्त नाकाहरुलाई मध्यनजर गरी तनहुँको कोत्रे र रुपा गाउँपालिका का विभिन्न नाकामा नागरिक स्तरमा विषेश जिम्वेवारी र निगरानी गरी लकडाउनलाई अझ कडाइ एवं प्रभावकारी वनाईएको छ ।
Related News
सम्बन्धित समाचार
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
पार्टी अफिस बनाउँदै कांग्रेस गण्डकी प्रदेश समिति, बास्तोला तोकिए संयोजक
मानव सेवा अश्रममा खाना खुवाइयो
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१