पोखरा, २६ चैत । कोभिड– १९ भनिने कोरोना भाइरसको संक्रमणपछि उत्पन्न परिस्थितिलाई ख्याल गर्दै नेपाली नयाँ बर्षका अवसरमा आयोजना हुँदै आएको फेवा नव बर्ष महोत्सव यसपटक स्थगित गरिएको आयोजक पश्चिमाञ्चल होटल संघ पोखराले जनाएको छ ।
संघका सदस्य व्यवसायीका नाममा मंगलबार एक पत्र लेख्दै संघका अध्यक्ष विकल तुलाचनले यसपटक आयोजना हुने क्रममा रहेको १७ औं फेवा नव बर्ष महोत्सव स्थगित गरिएको जानकारी गराएका हुन् ।
पत्रमा भनिएको छ– कोरोना भाइरसले उत्पन्न विषम परिस्थितिमा नेपाल सरकारद्वारा उक्त संक्रमणलाई न्यूनिकरण गर्न घोषित लकडाउनका कारण १७ औं फेवा नव वर्ष महोत्सव सम्पन्न गर्न असमर्थ भएको जानकारी गराउन चाहन्छौं ।
संघले आफ्नो वार्षिक कार्यक्रम अन्र्तगत नेपाली नयाँ वर्षलाई राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय रुपमा प्रवद्र्धन गरी बढी भन्दा बढी पर्यटक भित्र्याई यस क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले फेवा नयाँ वर्ष महोत्सव संचालन गर्दै आइरहेको थियो । महोत्सवले गण्डकी प्रदेश तथा नेपालको जातीय भेषभुषा, रहनसहन, खानपान, सांस्कृतिक पक्षहरुको उजागर साथै प्राकृतिक सम्पदाहरुको प्रर्वद्धन समेत गर्दै आएको थियो ।
यसैगरी संघले लकडाउनलाई पूर्ण समर्थन र सहयोग गर्दैै समस्त सदस्य हरुलाई उक्त लकडाउनको पुर्ण पालना गर्न पनि अनुरोध गरेको छ । यही अवसरमा संघले नयाँ वर्ष २०७७ को शुभकामना पनि व्यक्त गरेको छ ।
Related News
सम्बन्धित समाचार
पोखराको प्राइम सहकारी पनि समस्याग्रस्त, डेढ अर्ब हिनामिना
लेउवा संघमा वालिङ उद्योग वाणिज्य संघको टोली
गर्मीले भकाभक कुखुरा मर्दा मासु अचाक्ली महँगो
टाइगर कपको आयव्यय सार्वजनिक, साढे १८ लाख बचत
निर्माण व्यवसायी संघ स्याङ्जामा अर्जुन
hero news full width
मुख्य समाचार
पोखराका स्पामा बालिकालाई लगाइन्छ यौनजन्य कार्यमा, ६ जनाको उद्धार
बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ
जेठ २, २०८१पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
जेठ २, २०८१व्यास नगरपालिकामा मेयर चुनावको पुन मतगणना गर्न आदेश
जेठ २, २०८१पोखरामा बुद्ध जयन्तीको सप्ताहव्यापी कार्यक्रम
जेठ २, २०८१जिबी राईको राहदानी रद्द भएन
जेठ १, २०८१