अन्नपूर्ण गाउँपालिका ५ मा शुक्रवार बसेको सरोकारवालाको बैठकले वडा स्तरीय राहात संकलन, व्यवस्थापन तथा वितरण समिति गठन गरेको छ । वडाध्यक्ष जीवनाथ पौडेलको संयोजकत्वमा १७ सदस्यिय समिति गठन गरिएको हो।जसका सदस्यहरुमाः वडा सदस्य ४, समाजसेवी ५ जना तथा बाँकी विद्यालयका प्रधानाध्यापक छन्।
त्यस्तै शुक्रवारै वडा स्थित नयाँपुल बजार क्षेत्र पनि अनुगमन गरिएको हो।जसमा जनप्रतिनिधी ,टोल विकास संस्थाका पदाधिकारी, नयाँपुल प्रहरी चौकी इन्चार्ज लगायतको सहभागिता थियो।
कोरोना भाइरसका कारण लकडाउनको समयमा हुन सक्ने कालोबजारीलाई मध्येनजर गर्दै दोस्रो पटक बजार अनुगमन गरिएको वडाध्यक्ष पौडेलले बताए । नुगमनका क्रममा खाध्यान्न, तरकारी तथा ग्यासको दरभाउ तथा स्टक बारे बुझिएको छ।
त्यस्तै ३ मेडिकल हलमा औषधीको प्रर्याप्तताबारे पनि जानकारी लिइएको छ। क्रेता तथा बिक्रेतालाई सामाग्री किनबेच गर्दा पैसा सिधै हातबाट कारोवार नगरी टेबुलमा राखेर गर्न पनि सुझाव दिइएको छ।
कास्कीको पश्चिम उत्तर क्षेत्रको मुख्य बजारक्षेत्र रहेको नयाँपुलमा अत्यावश्यक सामग्री ढुवानीको नाममा साविक कास्कीका घान्द्रक र दाङसिङ तथा पर्वतको भुकताङले क्षेत्रबाट जीपमा मानिसहरुको अनावश्यक आवातजवात भएको पाइएको पनि वडाले जनाइएको छ ।यस्ताे अवस्थालाइ मध्येनजर गर्दै शुक्रवारबाटै जीपबाट सामाग्री ओसारपोसार गर्न पूर्ण रोक लगाउँदै ट्याक्टर तथा डेलीभरी भ्यानबाट मात्रै ओसारपोसार गर्ने वडाले निर्देशन पनि दिएको छ।
Related News
सम्बन्धित समाचार
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
पार्टी अफिस बनाउँदै कांग्रेस गण्डकी प्रदेश समिति, बास्तोला तोकिए संयोजक
मानव सेवा अश्रममा खाना खुवाइयो
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१