पोखरा, १५ चैत । लकडाउनका समयमा पोखरा महानगरपालिका वडा नं ३३ स्थित बरभोटेनी हुँदै तनहु तथा स्याङ्जा तर्फ आवतजावत गर्ने क्रम बढे पछि आज यहाँका स्थानीयवासीले बाटो बन्द गरिदिएका छन् ।
साविक भरतपोखरी गा.वि.स.को वडा नं ५ र ६ को सिमानामा पर्ने बर भोटेनी हुँदै तनहुको दुलेगौंडा, स्याङ्जाको प्युरी दोभान लगायतका स्थानका साथै ती स्थानबाट पोखराको छोरेपाटन निस्कने क्रम बढे पछि बरभोटेनीमा बाटोमा किला गाडेर बाँस लगायतको काठपात प्रयोग गर्दै बार लगाएर आवतजावतमा रोक लगाइएको हो ।
लकडाउनको समयमा पनि पोखराको छोरेपाटनबाट दक्षिण पश्चिम भेगका बैकल्पिक बाटो प्रयोग गरी दुलेगौंडा एवम् तनहुका विभिन्न स्थानमा आवतजावत गर्ने प्रबृति बढेका कारण आफुहरु बाटो बन्द गर्न बाध्य भएको स्थानीयवासी मदन खड्का क्षेत्रीले जानकारी दिए ।
आवतजावतमा रोक लगाउँदै स्थानीयवासीले बरपौवा टोल विकास संस्थाका नाममा सूचना जारी गरी कोरोना भाइरसको संक्रमणलाई रोक्नका लागि बाटो रोक्नुपरेको जनाइएको छ ।
विश्वव्यापी फैलिएको कोरोना भाइरसको संक्रमण भित्रन नदिन सर्वसाधारण सचेतका साथै प्रतिवद्ध बन्दै गएको बर्तमान अवस्थामा यसको रोकथामका लागि सरकारले संक्रमितको पहिचान गरी उपचारको दायरामा ल्याउनुपर्ने स्थानीय समाजसेवी चेतबहादुर महतले बताए ।
Related News
सम्बन्धित समाचार
सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
hero news full width
मुख्य समाचार
भलिबलमा अटल हिमाल
गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
वैशाख २३, २०८१