नवलपुर, ११ चैत । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको त्राससँग यहाँको एक स्थानीय तहले घरमा नै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ । नवलपुरको गैँडाकोट नगरपालिका–१ ले वडावासीको घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता दिन सुरु गरेको हो ।
बैंक तथा वित्तीय संस्थामार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्दा बढी भीडभाड हुने र कोरोना भाइरसको सङ्क्रमण हुने त्रासले घरघरमा सामाजिक सुरक्षा भत्ता पु¥याइएको वडाध्यक्ष हरिप्रसाद सापकोटाले बताए । विश्वभर फैलिएको कोरोना भाइरस ज्येष्ठ नागरिकमा चाँडो सङ्क्रमण हुने तथ्य बाहिरिएकाले बैंकमार्फत वितरण हुँदै आएको सामाजिक सुरक्षा भत्ता विभिन्न टोल विकास संस्थाका अध्यक्ष तथा जनप्रतिनिधिमार्फत घरमा पुगेर वितरण गरिएको सापकोटाको भनाइ छ ।
वडा कार्यालयले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, एकल महिलासहित एक सय जनालाई घरमा नै पुगेर सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको वडा सचिव पदमप्रसाद अधिकारीले जानकारी दिए । सेवाग्राहीको घरमा नै पुगेर सामाजिक सुरक्षा भत्ता वितरणको कामलाई निरन्ततरता दिइने उनले बताए ।
Related News
सम्बन्धित समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
hero news full width
मुख्य समाचार
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१