पोखरा। गण्डकी प्रदेशसभा सचिवालयद्वारा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम भएको छ । कार्यक्रममा प्रदेशसभा सभामुख नेत्रनाथ अधिकारीले सुखी नेपाली, समृद्ध नेपाल निर्माण गर्न सबै प्रकारका विभेदरहित समाज निर्माणमा महिलाको भूमिका महत्वपूर्ण रहेको बताए ।
प्रमुख प्रतिपक्ष दलका नेता कृष्णचन्द्र नेपालीले संविधानमा महिलाहरुको अधिकार सुनिश्चित रहेको बताउँदै अब कार्यान्वयनमा लाग्नुपर्ने बताए । कार्यक्रममा विधायन समितिका सभापति मोहन रेग्मीले सकारात्मक परिवर्तनका लागि महिलाहरु सक्रिय रहेको बताउँदै महिला आन्दोलनबाट अधिकार प्राप्त भएको बताए । नेकपा सचेतक गायत्री गुरुङले विगतदेखि महिलाहरु विभेदमा रहेको बताउँदै नयाँ कार्यक्रममार्फत सरकारले विभेद अन्त्यका लागि सक्रिय रहेको बताइन् । कार्यक्रममा अधिवक्ता जूना गुरुङले कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।गण्डकी प्रदेशसभाका उपसभामुख सृजना शर्माको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सृजना आचार्यले गरेकी थिइन् ।
Related News
सम्बन्धित समाचार
किशोरीका लागि सीपमूलक शिक्षा
हजुरआमा बनेपछि एसइई दिँदै कांग्रेस नेत्री भुसाल
छोरीलाई स्वावलम्बी बनाउन बागलुङ ‘नगरकी छोरी’ कार्यक्रम
नौमती बाजा बजाउन तालिम लिँदै बागलुङका आमाहरू
जनजागृति आमा समूहमा शान्ति
hero news full width
मुख्य समाचार
मजदुरलाई छैन मजदुर दिवस रौनक
गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको चाउथेमा बिजुली पसलमा आगलागी हुँदा १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१