पोखरा । पोखरा २१, निर्मलपोखरीस्थित बाल विद्या आश्रम आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको छ ।लायन्स क्लब अफ पोखरा गण्डकी स्टेट र लायन्स क्लब अफ पोखरा फिष्टेल सिटीले संयुक्त रुपमा विद्यालयमा अध्ययनरत ३० जना विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको हो ।
कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य रामजीप्रसाद बरालले राज्य पुग्न नसकेका स्थानमा लायन्स पुग्ने गरेको भन्दै प्रशंसा गरे । पोखरा २१ का वडाध्यक्ष खगराज आचार्यले वडालाई विद्यालय सञ्चालन सम्बन्धी कुनै अधिकार नभएकाले खुलेर सहयोग गर्न अप्ठ्यारो परेको उल्लेख गरे ।लायन्स ३२५ वी वान का सेकेण्ड भिडिजि विशेश्वर आचार्यले विद्यालयलाई आफूले सक्दो सहयोग गर्ने प्रतिवद्वता व्यक्त गरे । त्यस अवसरमा नेकपा जिल्ला कमिटी सदस्य कमलमोहन पौडेल, विद्यालय व्यवस्थापन समितिका सदस्य सूर्यबहादुर केसी, टोल विकास संस्थाका अध्यक्ष गङ्गादत्त पौडेललगायतले बोलेका थिए । कार्यक्रम नारायणबहादुर केसीले संयोजन गरेका थिए । लायन्स क्लब अफ पोखरा गण्डकी स्टेटका अध्यक्ष शिवप्रसाद गौतमको अध्यक्षतामा भएको कार्यक्रम सचिव जसबहादुर गुरुङले सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
लायन्स सदस्यलाई मनिपालमा छुट
जिल्ला अध्यक्षमा हारेका अधिकारी मुख्य न्यायाधिवक्ता
३२ युनिट रगत संकलन
लायन्स पोखरा फर्निसिङको अध्यक्षमा गोविन्द शर्मा
लायन्स आदर्श चौतारीमा सूर्य पोख्रेल
hero news full width
मुख्य समाचार
पोखराको चाउथेमा बिजुली पसलमा आगलागी हुँदा १ करोडको क्षति
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१