पोखरा ।मासु व्यवसायी संघ कास्कीको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ । प्रमुख अतिथि संस्थाका संस्थापक अध्यक्ष अशोक श्रेष्ठले व्यवसायलाई मर्यादित बनाउन व्यवसायी जिम्मेवार हुनु पर्ने बताए ।
संस्थाका संरक्षक प्रेमप्रसाद पौडेल ठाकुरले मानवस्वास्थ्यसँग जोडिएको मासु व्यवसाय अस्वस्थ्य प्रतिस्पर्धाभन्दा गुणस्तरमा केन्द्रित हुनु पर्ने सुझाव दिए ।
कार्यक्रममा कुखुरापालक किसान संघ अध्यक्ष यज्ञप्रसाद गुरुङ, पोल्ट्री व्यवसायी संघका अध्यक्ष गुरुप्रसाद पौडेल, मासु व्यवसायी संघका पूर्व अध्यक्ष युवा व्यवसायी भोलानाथ ओझा, पत्रकार यदुनाथ वञ्जारा, सहसचिव पवन नेपाल लगायतले सफलताको शुभकामना व्यक्त गरेका थिए । संघका अध्यक्ष गोविन्द प्रसाद तिवारीको वार्षिक प्रगति प्रतिवेदन तथा भावी कार्ययोजना र कोषाध्यक्ष लोकराज शर्माको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित भएको थियो ।
संघका अध्यक्ष गोविन्दप्रसाद तिवारीको अध्यक्षतामा भएको साधारण सभाको संचालन सचिव राजेन्द्र तिमिल्सिना र स्वागत उपाध्यक्ष ज्ञानहरि आचार्यले गरेका थिए ।एक दशकदेखि कास्की खसी तथा कुखुरा मासु व्यवसायी समितिको नामबाट सञ्चालित संस्थाले विधान संशोधन गरी गत वर्षदेखि मासु व्यवसायी संघ कास्की नामकरण गरेको हो । जसअनुसार पहिलो वार्षिक साधारणसभा भएको हो ।
Related News
सम्बन्धित समाचार
पोखराको नयाँ बजारमा सिजी मोटर्सको सोरुम, टिटी ग्लोबलले थाल्यो बिक्री
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
hero news full width
मुख्य समाचार
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१