मगर दिवसमा बिरामीलाई फलफूल वितरण

आदर्श समाज सम्वाददाता
फागुन १५, २०७६
magar

म्याग्दी,१५ गते । नेपाल मगर संघ ,जिल्ला समन्वय समिति म्याग्दीले बेनी अस्पतालका विरामीलाई फलफूल वितरण गरेको छ । मगर समुदायको छाता संगठन नेपाल मगर संघको ३८ औं एकता एवम् स्थापना दिवसको अवसरमा जिल्ला समन्वय समिति म्याग्दीले बेनी अस्पतालका विरामीलाई फलफूल वितरण गरेको हो । नेपाल मगर संघ ,जिल्ला समन्वय समिति म्याग्दीको आयोजनामा विहिबार बेनी अस्पतालमा उपचारत १५ जना विरामीलाई फलफूल वितरण गरिएको सचिव खम थापा मगरले जानकारी दिए ।

मगर संघ ,म्याग्दीकी अध्यक्ष डक माया पाइजा मगरले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालको उपस्थितिमा सो फलफुल वितरण गरेकी हुन् । अध्यक्ष डकमाया पाइजाले विगतमा ¥याली सहित मगर दिवस मनाइए पनि यो बर्ष भने अस्पतालमा उपचाररत विरामीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै फलफूल वितरण गरिएको बताइन् । यही अवसरमा विहिबार स्वदेश तथा विदेशमा रहेको मगर समुदायले विविध कार्यक्रम गरी मगर दिवस मनाउँदैछन् ।

Related News

सम्बन्धित समाचार

hero news full width