पोखरा ।महाशिवरात्री अवसरमा फागुन ९ मा पोखरामा शिवदर्शन यात्रा हुने भएको छ ।शिव देवालयको प्रचारप्रसार एवं वैद्विक तथा सांस्कृतिक सनातन परम्पराको संरक्षण, सम्बद्र्वन गर्ने उद्देश्यले नव आदर्श सामुदायिक विकास समाज लामाचौरले सो कार्यक्रम गर्न लागेको हो ।
कार्यक्रमले भ्रमण वर्ष २०२० मा आन्तरिक धार्मिक पर्यटन प्रवद्र्धनमा समेत टेवा पुर्याउने अपेक्षा गरिएको छ । कार्यक्रमलाई राष्ट्रिय ज्येष्ठ नागरिक महासंघ काठमाडौं र ज्येष्ठ नागरिक मञ्च कास्कीले सहयोग गर्र्दै छन् ।पोखरामा सोमवार आयोजित पत्रकार सम्मेलनमा सो यात्रा पोखरा वडा १६ र १९ मा रहेका शिवालय केन्द्रित रहने जानकारी दिइयो । ती वडाभित्र ९ वटा शिवालय रहे पनि यसपटकको यात्रा ५ वटा शिवालयमा हुनेछ । कर्णेश्वर शिवालय मन्दिर पोखरा १६, तुल्सीघाटबाट शिवदर्शन यात्रा शुरु हुने प्रचार संयोजक बुद्विबहादुर खत्री क्षत्रीले जानकारी दिए ।
त्यसपछि महेन्द्रेश्वर शिवालय पोखरा १६ तुल्सीघाट, पोखरा १६ लामाचौरस्थित ठूलीपोखरीबीचको जलेश्वर शिवालय, पोखरा १९ स्थित गोस्तेघाटको सर्वेश्वर शिवालय हुँदै पोखरा १६ लामाचौरस्थित सुरथेश्वर शिवालय पुगेर यात्रा समापन हुनेछ ।यात्राका सहभागीलाई प्रत्येक मन्दिरमा दूध र पानी चढाउने व्यवस्था मिलाइएको छ । यात्राका क्रममा स्थानीय आमा समूह, धार्मिक संघसंस्था र भक्तजनको सहभागितामा १ सय ८ घडासहितको शोभायात्रा निकालिने छ ।
यात्रामा करीब ७ सय श्रद्वालु भक्तजनको सहभागिता रहने अनुमान गरिएको प्रचार संयोजक क्षत्रीले जानकारी दिए ।कार्यक्रम सम्पन्न गर्न समाजका अध्यक्ष कमलबहादुर थापाको अध्यक्षतामा मूल आयोजक समिति, दिलबहादुर थापाको संयोजकत्वमा कार्य सम्पादन समिति र विभिन्न १० वटा उपसमिति गठन गरिएको छ ।पदमबहादुर केसीको संयोजकत्वमा अर्थ व्यवस्थापन, बुद्विबहादुर खत्री क्षत्रीको संयोजकत्वमा प्रचारप्रसार, शोभा बानियाँको संयोजकत्वमा शोभायात्रा व्यवस्थापन, रविमानसिंह भण्डारीको संयोजकत्वमा प्रसार, बजार र मञ्च व्यवस्थापन उपसमिति गठन गरिएको छ ।
त्यस्तै, नेत्रबहादुर बानियाँको संयोजकत्वमा भजन तथा झाँकी व्यवस्थापन, पुष्पेन्द्र पाण्डेको संयोजकत्वमा पूजा व्यवस्थापन, नवराज थापाको संयोजकत्वमा सुरक्षा व्यवस्थापन, कृष्णमानसिंह भण्डारीकोसंयोजकत्वमा प्राविधिक व्यवस्थापन र एलसी ब्रदर्श युनाइटेड क्लबको संयोजकत्वमा स्वयंसेवक परिचालन उपसमिति गठन गरिएको छ ।समाजका अध्यक्ष कमल थापाको अध्यक्षतामा भएको कार्यक्रममा मानार्थ सदस्य बाबुराम आचार्य, राष्ट्रिय ज्येष्ठ नागरिक महासंघ गण्डकी अध्यक्ष कुसुमकेशव पराजुली, कार्य सम्पादन समितिका दिलबहादुर थापा, सचिव दिनेश भण्डारीले बोलेका थिए ।
Related News
सम्बन्धित समाचार
नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
अकला आयोजना सञ्चालनमा खानेपानी संस्थान नै बाधक !
सडक आश्रित मानवमुक्त जिल्ला कार्यान्वयनका लागि समन्वय बैठक
सांस्कृतिक कार्यक्रम एवं भजन प्रतियोगिताको तयारी पूरा
पृथ्वीराजमार्ग विस्तार : मुआब्जा बुझाइयो तर घर भत्काइएन
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
वैशाख १७, २०८१