पोखरा । विगत १० वर्षदेखि फोहोरमैला ब्यवस्थापनको ठेक्का तोकादेशको भरमा सञ्चालन हुँदै आएको छ । होर्डिङ बोर्ड पोखरा उद्योग बाणिज्य संघ मार्फत तेश्रो पक्षलाई जिम्मा लगाईयो । निरन्तर विरोध भएपछि त्यो अहिले स्थगित छ ।
डिजिटल बोर्ड राख्नका लागि होर्डिङ हटाएपनि अहिलेसम्म अब्यवस्थित छ । यो भन्दा जटिल समस्या छ, स्मार्ट प्रतीक्षालयको नाममा भएको सम्झौतामा । कर्मचारीको हालिमुहाली चलेका बेला भएका यस्ता ठेक्का सम्झौता अहिलेसम्म खारेज गरिएको छैन, बरु तिनै सम्झौतालाई निरन्तरता दिइएको छ । पोखरा महानगरपालिकाले यसरी जिम्मा दिएका कुनै पनि ठेक्काबाट पूरापुर राजश्व रकम उठेको छैन । राजश्व नतिरेका तिनै कम्पनीहरुलाई निरन्तर ठेक्काम्याद थप्दै लैजाँदा महानगरको राजश्व कमजोर भएको काँग्रेसतर्फका एक वडाध्यक्षले आरोप लगाए ।
महानगरको ३६ औं कार्यपालिका बैठकमा वडा नम्बर ४ का वडाध्यक्ष शंकर बास्तोलाले महानगरमा मनपरी शैली बढेको आरोप लगाए । ‘बिगतमा कर्मचारी संयन्त्रले बिभिन्न प्रलोभनमा परी गरेका निर्णयहरुलाई पनि अहिलेको जनप्रतिनिधिहरुले बदर गरेर नयाँ निर्णय गर्न सक्दैन । फोहोर मैलाको सम्झौता सकिएको ६ महिना वितिसक्यो तर टेण्डर आह्वान भएको छैन,’ उनले भने, ‘टेण्डर बिनै पूराना ब्यक्तिहरुलाई तोक लगाएर काम गर्न दिँदा महानगरलाई वार्षिक करोडौं नोक्सान भैरहेको छ । होर्डिङ, सोलार, प्रतीक्षालयमा गरिने विज्ञापन सम्झौता बैज्ञानिक र प्रतिफलयोग्य छैन । यस्ता सम्झौता तत्काल खारेज गरेर टेण्डर मार्फत ठेक्का सम्झौता गरिनुपर्छ ।’
उनले जनप्रतिनिधि मार्फत स्थानीय तह सञ्चालन भएको अनुभूति सेवाग्र्राही र महानगरबासीले गर्न नपाएको गुनासो पोखे । ‘महानगरमा जनप्रतिनिधिहरु आएको अनुभूति नै हुन सकेको छैन । टेण्डर हुनुपर्ने त्यतिधेरै सम्झौताहरु छन्, तर भएको छैन,’ उनी भन्छन्, ‘टेण्डर आह्वान गर्न महानगरलाई केले रोक्यो ? फोहोरमैला र कवाडीको सम्झौता अवधी पनि सकियो नयाँ निर्णय किन हुन सकेन ? ढाट राखेर मनपरी बेचविखन गरिएको छ । त्यो स्रोत कस्ले चलाइरहेको छ, महानगरले जवाफ दिनुपर्छ ।’ काँग्रेस समर्थित जनप्रतिनिधिहरुले केहीदिन अघि महानगरको कार्यक्रम समेत बहिस्कार गरेका थिए ।
काँग्रेसतर्फका सचेतक रामराज लामिछानेले पनि बक्यौता रकम चुक्ता नगरी नयाँ हुने सम्झौता आफूहरुलाई मान्य नहुने बताए । ‘खुद्रा विज्ञापनको टेण्डर खोलियो । पहिले पैसा नतिरेकै कम्पनीलाई ठेक्का दिने तयारी छ,’ उनले भने, ‘पूरानो पैसा नतिर्ने अनि अर्को ठेक्का किन दिने ? सम्पूर्ण बक्यौता नलिई नयाँ सम्झौता गर्नु हुँदैन ।’ उनले पोखरा महानगरपालिकाले लामो समयावधीसम्म असर पर्ने खालका योजनामा बिना अध्ययन सम्झौता गर्न नहुने बताए । ‘भिजन पोखराको नाममा तीसौं वर्षसम्म असर पार्ने योजना ल्याइएको छ । हामीसँग कुनै सल्लाह छैन ।
हाम्रो कार्यकाल २ वर्षभन्दा बाँकी छैन,’ उनी भन्छन्, ‘३० वर्षको ठेक्का लगाएर जाँदा हामीलाई कलंकको टिका लाग्छ । त्यसमा काँग्रेसको समर्थन छैन ।’ महानगरले खुद्रा विज्ञापनका लागि टेण्डर खोलेको छ । ९१ लाख रुपैयाँमा टेण्डर हालेको आकृति एड्भरटाइजिङलाई ठेक्का दिने तयारी छ । यद्यपी आन्तरिक निर्णय हुन बाँकी रहेको महानगरपालिकाले जनाएको छ । कम्पनीका सञ्चालक मनोज चौहानले छायाँ एडभरटाइजिङबाट लिएको ठेक्काको रकम समेत पोखरा उद्योग बाणिज्य संघलाई तिरेका छैनन् ।
Related News
सम्बन्धित समाचार
सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
भलिबलमा अटल हिमाल
गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
hero news full width
मुख्य समाचार
गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
वैशाख २३, २०८१मुख्यमन्त्री अधिकारीले पेस गरे विश्वासका लागि प्रस्ताव, छलफल सुरु
वैशाख २३, २०८१