डायमण्डको ३२ औं वार्षिकोत्सव

आदर्श समाज सम्वाददाता
माघ २८, २०७६
diamond

लेखनाथ । तालचोकमा रहेको डायमण्ड माविले विविध कार्यक्रम साथ ३२ औं वार्षिकोत्सव मनाएको छ ।

कार्यक्रम उद्घाटन गर्दै पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले विद्यालयले समयसापक्षको ब्यवहारिक र गुणस्तरीय शिक्षा प्रदान गरी अब्बल दर्जाको दक्ष जनशक्ति उत्पादन गर्न सक्नु पर्नेमा जोड दिए । उनले यहाँ उत्पादन भएका जनशक्ति देशका हरेक तह र तप्कामा पुगेको देख्न पाउने आशा व्यक्त गरेका थिए ।कार्यक्रममा प्याब्सन कास्कीका अध्यक्ष प्रेमप्रसाद शर्माले शिक्षक, अभिभावक र विद्यार्थीको परस्पर सहकार्य र समन्वय रहेको खण्डमा हरेक विद्यार्थीलाई देशको योग्य नागरिक र जनशक्तिको रुपमा रुपान्तरण गर्न सकिने बताए ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष भोजराज लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखरा महानगरपालिका शिक्षा महाशाखाका साखा अधिकृत विश्वराज आचार्य, भूपू विद्यार्थी डा नर्मन लामिछाने लगायतले बोलेका थिए ।विद्यालयको वार्षिक प्रतिवेदन एवं भावी योजनाबारे प्राचार्य यामबहादुर रोकाले प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यार्थीले विभिन्न सांस्कृतिक प्रस्तुति एवं विज्ञानसँग सम्बन्धित शैक्षिक प्रदर्शनी प्रस्तुत गरेका थिए ।कार्यक्रममा स्वागत मन्तव्य संस्थापक व्यवस्थापक हरिप्रसाद लामिछानेले गरेका थिए । कार्यक्रम सञ्चालन शिक्षक नारायण पराजुली र धन्यवाद ज्ञापन विद्यालय निर्देशक माधवशरण उपाध्यायले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width