पोखरा । सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशद्वारा आयोजित कास्कीको रुपा गाउँपालिका– १ थुम्कीको स्यास्त्रीमा आयुर्वेद स्वास्थ्य, आँखा, महिला स्वास्थ्य सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
हिमालय आँखा अस्पताल तथा पोखरा चेम्बर अफ कमर्स कास्कीको सहकार्य र रुपा गाउँपालिकाको स्थानीय संयोजनमा भएको शिविरमा ४ सय १३ विरामीको स्वास्थ्य परीक्षण गरिएको छ । पुर्व स्वास्थ्य मन्त्री तथा प्रतिनिधि सभाका सदस्य खगराज अधिकारीले उद्घाटन गरेको शिविरमा प्रयोगशाला, भिडियो एक्सरे, महिलाको पाठेघरको परीक्षण सेवा समेत उपलब्ध गराइएको थियो । शिविरमा चिकित्सकहरु शुभद्रा कार्की, अनिल थापा, बुद्धिप्रसाद पौडेल, प्रशान्त पण्डित, कुमार कासुला लगायतका स्वास्थ्यकर्मीहरुले विरामीको स्वास्थ्य परीक्षण गरेका थिए ।
स्वास्थ्य परीक्षणको क्रममा भेटिएका मोतिया विन्दुका ११ र पाठेघरका १० विरामीलाई अपरेशनको व्यवस्था मिलाइने पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष किसान सुनारले जानकारी दिए । कार्यक्रममा रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा, स्वास्थ्य निर्देशनालयका निर्देशक विनोदविन्दु शर्मा, पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष किसान सुनार, सामाजिक विकास मन्त्रालयका वरिष्ठ कविराज निरीक्षक नवीनकिरण भुषाल लगायतले मन्तव्य राखेका थिए ।
Related News
सम्बन्धित समाचार
सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
भलिबलमा अटल हिमाल
hero news full width
मुख्य समाचार
गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
वैशाख २३, २०८१