प्राइम मन्टेश्वरीको नवौं वार्षिकोत्सव

आदर्श समाज सम्वाददाता
माघ २६, २०७६
FB_IMG_1581239284947

पोखरा–११ फूलबारी स्थित प्राइम मन्टेश्वरी स्कूलको नवौं वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह शनिवार सम्पन्न भएको छ ।

प्रमुख अतिथि जिल्ला शिक्षा कार्यालय कास्कीका शाखा प्रमुख लोकनाथ आचार्यले बालबालिका भविष्यमा देशको सवल सक्षम व्यक्तित्व बन्ने आशा गर्दै व्यवहारिक ज्ञानसगै शिक्षा बिकासमा प्राइम मन्टेश्वरीले उच्च योगदान गरेकामा धन्यवाद व्यक्त गरे ।

पोखरा–११का वडाध्यक्ष मोहनप्रसाद बास्तोलाले सकरात्मक व्यवहार परिर्वतनमा केन्द्रित रहि जीवन उपयोगी सिप शिक्षा हुनुपर्नेमा जोड दिए ।स्कूल प्रिन्सिपल सृजना बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक विष्णुप्रसाद घिमिरे, प्रबन्ध निर्देशक कविता पराजुली, सहायक प्रिन्सिपल कल्पना योगी तामा·, अभिभावक लक्ष्मण श्रेष्ठ, मनोज गुरु· लगायतले शुभकामना व्यक्त गरेको कार्यक्रममा शिक्षिका अप्सरा भण्डारी र जेनिशा सिंहलाई सम्मान गरिएको थियो ।

सो अवसर विधार्थीहरुले विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्नुका साथै विभिन्न विधामा उत्कृष्ठ हुने विधार्थीहरुलाई पुरस्कृत गरिएको कार्यक्रमको स्वागत कक्षा १ की छात्र सजल श्रेष्ठ गरेकी थिइन भने सञ्चालन शिवकृष्ण चौधरी र अन्जना शर्माले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width