स्याङजा ।नेपाली काँग्रेस केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले काँग्रेस एकबद्ध भएर समाजसेवामा जुट्नुको विकल्प नरहेको बताएका छन् ।
उनले लोकतन्त्रमा विश्वास गर्ने काँग्रेसले विधिको शासन, मानवअधिकार, प्रेस तथा धार्मिक स्वतन्त्रतालाई अवलम्बन गर्दै सबैको धर्म, संस्कृति रीतिरिवाज संरक्षण गर्दै विसंगति पन्छाउँदै अघि बढ्नुपर्ने बताए ।
काँग्रेस स्याङ्जास्थित पार्टी कार्यालयमा सोमबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै पूर्व उपप्रधानमन्त्री श्रेष्ठले नेता तथा कार्यकर्तालाई पार्टीको संगठन विस्तार र सृदृढीकरणका लागि गाउँगाउँमा पुग्नुपर्नेमा जोड दिए । उनले भने, ‘भागवन्डाको राजनीति अन्त्य गर्नुपर्छ । भागवन्डाबाट फाइदा लिन थालेपछि पार्टी कमजोर बन्छ । भोलि बन्ने सभापतिले पनि कमजोर पार्टी सम्हाल्न गाह्रो पर्छ ।’
‘सरकारले विवादित व्यक्ति अग्नि सापकोटालाई सभामुख बनाएको छ भने डा शिवमाया तुम्वाहाम्फेलाई अपमान ग¥यो,’ नेता श्रेष्ठले भने । एमसीसी पास गर्ने शर्तमा सापकोटालाई सभामुख बनाइएको उनको भनाइ थियो । गोकर्ण रिसोर्टको सम्झौता अवधि ६ वर्ष बाँकी छर्दै सरकारले नियम बदल्दै गुन्दु्रकको भाउमा थप २५ वर्ष सम्झौता गरेको जानकारी दिए । अदालत स्वतन्त्र छैनन्, सरकारको निर्देशनमा अदालत संचालन हँुदा नागरिकले न्यायको अनुभूति गर्न नसकेको श्रेष्ठले टिप्पणी गरे ।
कार्यक्रममा राष्ट्रियसभा पूर्व सांसद खगेन्द्रराज रेग्मी, संविधानसभा सदस्य राजु थापा, क्षेत्रीय सभापतिहरु तुल्सीराम रेग्मी, अर्जुनप्रकाश अर्याल र देवबहादुर खाँण, मुस्लिम संघका पूर्व केन्द्रीय सचिव मुन्ना शेख, मुस्लिम संघका अध्यक्ष अलि मियाँ (मुमु), सहसचिव सायरा बानु, काँग्रेस नेता ओम भट्ट, विष्णुकुमार श्रेष्ठ, ख्यामनारायण शर्मा, मुक्तिप्रसाद रेग्मी, सोमनाथ लम्साल, नवीन ढकाल, अमरसिंह नेपाली, हिक्मत श्रेष्ठ, महिला नेतृ शोभा गैह्रे लगायतले सुुझाव एवं जिज्ञासा राखेका थिए ।काँग्रेस स्याङ्जा कार्यवाहक सभापति कुमार रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन प्रवक्ता इन्द्र गोदारले गरेका थिए ।
यसैगरी, मुस्लिम संघ स्याङ्जाको अध्यक्षमा निर्वाचित अलि मियाँ (मुमु) र सहसचिव सायरा बानुलाई सम्मान गरिएको छ ।
Related News
सम्बन्धित समाचार
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
बुढ्यौलीमा भेडीगोठ मोह
hero news full width
मुख्य समाचार
पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
वैशाख १५, २०८१त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१