राससकर्मी पौडेललाई सम्मान गरिने

आदर्श समाज सम्वाददाता
माघ १३, २०७६
basudev poudel, (1)

पोखरा, १३ माघ । समाचार लेखनका माध्यमबाट पर्यावरणीय संरक्षणमा योगदान पु¥याएको भन्दै राष्ट्रिय समाचार समिति गण्डकी प्रदेश कार्यालय पोखराका समाचारदाता वासुदेव पौडेललाई सम्मान गरिने भएको छ ।

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी प्रकृतिका साथीहरू, मिलेनियम ट्रेक व्यवस्थापन समिति र राङभाङ युवा क्लबको आयोजनामा राङभाङमा यही माघ २४ र २५ गते गर्न लागिएको लाटोकोसेरो तथा हुचील उत्सवका अवसरमा पौडेललाई सम्मान गर्न लागिएको मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले जानकारी दिए ।

उत्सव आयोजक मूल समितिको यही माघ २ गते बसेको बैठकको निर्णय अनुसार समाचार लेखनका माध्यमबाट यस क्षेत्रको पर्यावरणीय संरक्षण र सम्भावनाको उजागरका साथै सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) को प्रवद्र्धनमा योगदान गरेबापत पौडेललाई सम्मान गर्न लागिएको गुरुङले बताए ।

सो अवसरमा डिभिजन वन कार्यालय स्याङ्जालाई संस्थागत सम्मान गरिनेछ । तनहुँको दुलेगौँडाबाट स्याङ्जाको रामबाछा जोड्ने ७२ किलोमिटर दूरीको सहस्राब्दी पदमार्गअन्तर्गत करिब बीच भागमा पर्ने राङभाङमा आयोजित उत्सवमा सम्मान गरिने छ । मूल समितिले उत्सवका अवसरमा वातावरण एवं प्रकृतिका क्षेत्रमा योगदान गर्ने अन्य संस्था तथा व्यक्तिलाई पनि सम्मान गरिने यसअघि नै सार्वजनिक गरेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width