१ हामीकहाँ केही वर्षदेखि दुर्घटनाको संख्या बढ्दै गएको छ । दुर्घटना के कसरी कम गर्ने भन्ने सम्बन्धमा बराबर छलफल विचार विमर्श हुन्छन् । कहिले गोष्ठी सेमिनारहरु पनि आयोजना गरिन्छन् । तर दुर्घटनाको मात्रा घट्नु भन्दा प्रत्येक वर्ष बढ्दै गएको छ ।
२. दुर्घटना मध्ये सबैभन्दा बढी हामीकोमा सडक यातायात दुर्घटना धेरै हुन्छन् । हाम्रो सडकको अवस्था राम्रो छैन । हाम्रा धेरै सडकहरु पीच भएका छैनन् । पीच भएका सडक पनि मर्मत सम्हार नभएकाले खाडलहरु ठाउँठाउँमा देखिन्छन् । त्यस्तै ठाउँमा ड्राईभरले स्पिडमा गएको गाडीलाई सुन्तुलनमा राख्न सक्दैन र दुर्घटनाको सम्भावना हुन्छ ।
३. गाडीमा क्षमता भन्दा बढी यात्री राखेर चलाउनु सनातन जस्तै भएको छ । १÷२ पटक नजिक–नजिक दुर्घटना हुँदा त्यसमा नियन्त्रण गरेझैं गरिन्छ । पछि फेरि ओभरलोड गरिहाल्छन् । भरखरै धादिङमा दुर्घटना भएको मिनि ट्रकमा ४५ भन्दा बढी यात्रु भएको जानकारीमा आएको छ । त्यो दुर्घटनामा सात जनाको मृत्यु भएको छ भने केही गम्भीर घाईते छन् ।
४. हामीकहाँ हिउँ पहिरोमा परेर पनि प्रत्येक वर्ष पर्वतारोही एवम् पर्यटकहरुको मृत्यु हुने गरेको छ । गत वर्ष पनि त्यस्तो दुःखद् घटना भयो भने यस वर्ष भरखरै कास्कीको अन्नपूर्ण गाउँपालिका–११ को हिमाली र देउरालीको बीचमा पर्ने हिउँकु खोलामा भीषण पहिरो गयो । जसमा ४ कोरियाली र ३ नेपाली हराईरहेका छन् । त्यस्तो दुर्घटनाको उद्धार गर्न पनि उत्तिकै गा¥हो हुन्छ ।
५. अस्ति मात्र मकवानपुरको दामन स्थित एक रिसोर्टमा ग्यास हिटर बालेर सुतेका आठै जना निस्सासिएर मृत्य भएको अनुमान गरिएको छ । त्यसरी मृत्यु भएकाहरु सबै भारतबाट पर्यटनका लागि नेपाल आएका थिए । तिनीहरुको टोली पोखराको भ्रमण गरी दामन गएका थिए । त्यसरी निस्सासिएर मृत्यु हुनेको संख्या पनि बढ्दै छ ।
६. जाडो मौसममा कोठामा हिटर लगायत आगो बोलर सुत्ने चलन छ । कोठालाई तातो बनाउँछौ तर त्यसको साथै झ्याल ढोका पनि पूरै बन्द गर्दछौं । जसको कारण कोठामा अक्सिजनको मात्रा कम हुँदै जान्छ र मानिसको निस्सासिएर मर्ने गर्दछ । कमवानपुरमा त्यस्तै भएको हो ।
७. यस किसिमको दुर्घटनाहरु अलिकति मात्र सचेत र सजन भएमा टार्न सकिन्छ । तर हामी त्यसको ख्याल गर्दैनौं । जसको कारण दुर्घटनाको घना बढ्दै गएको छ । अकालमा ज्यान जानेहरुको संख्या बढ्दै गएको छ । सम्बन्धित मानिसहरुले सजग र सतर्क व्यवहार गरेमा दुर्घटना टार्न सकिन्छ । पूरै टार्न नसकेमा घटाउन सकिन्छ । यता तिर ध्यान जानु आश्यक छ ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१