वासुदेव पौडेल -पोखरा, २८ पुस । पर्यटकीय नगरी पोखरा प्रकृति र संस्कृतिको वरदानयुक्त ठाउँ हो भन्दा कुनै अत्युक्ति नहोला । प्रकृतिका विभिन्न छटाले कुँदिएको पोखरा विविधतायुक्त संस्कृतिको पनि भण्डार हो । विभिन्न जातजाति भाषाभाषीको बसोबास रहेको पोखरा आसपासका गाउँमध्ये मगर जातिको बसोबास भएको ठाउँ हो पोखरा महानगरपालिका–२१ को चिलाउने खर्क । मगर समुदायका संस्कार तथा संस्कृति अध्ययन गर्न पाइने यो ठाउँलाई स्थानीय सक्रियतामा समुदायकै जीवन्त सङ्ग्रहालय बनाउने गरी पहल थालिएको छ ।
यहाँको संस्कार र संस्कृतिलाई पर्यटनसँग जोड्दै गाउँ पर्यटनको विकास गर्न गाउँ पर्यटन मञ्च (भिटोफ), गण्डकी प्रदेशको पहलमा दुई वर्षअघि घरवासको सम्भाव्यता अध्ययन गरिएको भिटोफ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष तारानाथ पहारीले बताए । “चिलाउने खर्कमा पोखरा नजीकैको मगर समुदायको बाहुल्य भएकाले उनीहरूको संस्कार र संस्कृतिलाई पर्यटन बजारसम्म पु¥याउने लक्ष्यका साथ घरवास कार्यक्रमको सम्भाव्यता अध्ययन गरिएको हो,” पहारीले बताए ।
मौलिकतायुक्त संस्कृतिमा सम्पन्न यहाँका स्थानीयवासीले सोरठी, ठाडो भाका, झ्याउरेलगायतका लोक सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै नयाँ पुस्तामा पनि पुस्तान्तरण गर्दै आएका छन् । पोखराको मुख्य बजारबाट करिब १२ किलोमिटर दक्षिणमा रहेको यो ठाउँबाट स्याङ्जा र तनहँुका धेरै भूभाग देख्न सकिन्छ । विविध सांस्कृतिक मौलिकता रहे पनि हालसम्म त्यसको प्रचारप्रसार गर्न नसकिएको चिलाउने खर्क सामुदायिक होमस्टेका अध्यक्ष मानबहादुर थापा मगरले जानकारी दिए । उनका अनुसार २२ वटा घरमा घरवास कार्यक्रम थालिएको छ ।
कूल ६५ घरधुरी रहेको यहाँ सञ्चालित घरवासमा पर्यटकले स्थानीय प्राङ्गारिक उत्पादनको स्वाद लिन पाउँछन् । एक रात आएर बस्ने पर्यटकका लागि समितिले उनीहरूलाई खाए बसेबापत एक हजार रुपैयाँ लिन्छ । बेलुका गाउँमा पुगेका पर्यटकलाई स्थानीयवासीले न्यानो आतिथ्यतासहित शुरुमा मकै, भट्ट जस्ता स्थानीय उत्पादनका परिकारको नास्ता खुवाउने गर्दछन् । बेलुकाको खानासहित मगर जातिका विभिन्न सांस्कृतिक प्रस्तुतिबाट मनोरञ्जन लिँदै पर्यटक आराम गर्दछन् । बिहानको चिया, खाजा खाएर बिदावारी हुने व्यवस्था समितिले मिलाएको छ ।
मगर संस्कृतिका साथै गाउँमा रहेको जलदेवी मन्दिर र नारायण मन्दिर यहाँको धार्मिक पर्यटकीयस्थल हुन् । जलदेवी मन्दिरको स्थापना सम्बन्धमा झण्डै दुई सय वर्षअघिको शिलालेख रहेका कारण यसको अस्तित्व परापूर्वकालदेखि नै भएको चिलाउने मगर टोल विकास संस्थाका अध्यक्ष रुद्र थापा मगरले बताए । जलदेवीको मन्दिर रहेको अनौठो किंवदन्ती छ । परापूर्वकालमा स्याङ्जा, कास्की र आसपासका मानिस यही गाउँको बाटो भएर नून लिन बुटवलसम्म पुग्ने गर्दथे । नून बोक्ने ढाक्रेहरू यहाँ आएर रातको समयमा बास बस्दा बिरामी भएछन् । ज्योतिषीलाई देखाउँदा यहाँ जलदेवी रहेकी र उनको खोजी गरी पूजाआजा गर्नुपर्ने भनेछन् । ज्योतिषीको सल्लाहअनुसार खन्दा जलदेवीको शिला प्राप्त भएछ र त्यसै समयदेखि शीला स्थापना गरी जलदेवीको पूजाआजा गर्र्दै आइएको स्थानीय बुढापाका बताउँछन् ।
मन्दिरमा प्रत्येक चैते दशैँमा विशेष पूजाआजा हुने गरेको र अघिपछि विभिन्न समयमा मनोकामना पूरा हुने विश्वासका साथ कास्की र स्याङ्जालगायतका विभिन्न स्थानबाट भाकलसहित दर्शनार्थी आउने गरेको मगरले जानकारी दिए । नेपाल भ्रमण वर्ष २०२० का अवसरमा भिटोफ गण्डकी प्रदेशले चिलाउने खर्क जस्तै पर्यटनका सम्भावना बोकेका गाउँहरूलाई पर्यटन बजारसँग जोड्दै प्रवद्र्धनात्मक कार्यक्रम अघि बढाउने मञ्चका अध्यक्ष नवराज अधिकारीले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
hero news full width
मुख्य समाचार
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१