आर्थिक पत्रकारिता पुरस्कार स्थापना

आदर्श समाज सम्वाददाता
पौष २१, २०७६
KAPADA – 22_Fotor

कपडा व्यवसायी एशोसियसन कास्कीको शनिबार सम्पन्न २० औँ साधारणसभाले महत्वपूर्ण प्रस्ताव पारित गरेको छ। सधारणसभाले पोखराको व्यवसायिक विकास अन्तरगत आर्थिक क्षेत्रमा कलम चलाउने पत्रकारलाई प्रत्येक अधिवेशनमा नगद ११ हजार १ सय ११, दोसल्ला र सम्मानपत्रसहित आर्थिक पत्रकारिता पुरस्कार प्रदान गर्ने प्रस्ताव पास गरेको हो।

यस्तै प्रत्येक साधारण सभामा महिला उद्यमी सम्मान प्रदान गर्ने, संस्थाको स्थायी सचिवालय स्थापना तथा निर्माणका लागि कोष स्थापना गर्ने, प्लस टु र स्नातकोत्तर उत्तीर्ण व्यवसायीका छोराछोरीलाई नगदसहित सम्मान गर्ने, विपत्तिमा परेका व्यवसायीको क्षती आँकलन गरी अधिकतम् २५ हजार रुपैयाँसम्म सहयोग प्रदान गर्ने, सहकारी अवधारणामा सामुहिक लगानी गर्न सकिने सम्भावित संयुक्त उद्यमको विकास गर्ने, योग शिविर सञ्चालन गर्ने, संस्थाको स्मारिका प्रकाशन गर्ने लगायतका महत्वपूर्ण प्रस्तावसमेत पारित गरेको छ।

यसअघि साधारणसभाको उद्घाटन गर्दै पोखरा उद्योण वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले व्यवसाय सञ्चालनमा थुप्रै नीतिगत समस्याहरु रहेको बताए। सरकारले विभिन्न वाहानामा व्यवसायीहरु माथि कर आतंक थपेको भन्दै त्यसको समाधानका लागि आफूहरुले निरन्तर पहल गरिहेको अध्यक्ष अधिकारीले बताए। साथै फुटपाथमा हुने व्यवसायलाई नियन्त्रण गर्न नसकिएको उल्लेख गर्दै उनले प्रतिकुलता भित्र अनुकुलता सहित सफलताको खोजी गर्न व्यवसायीहरुलाई हौसला प्रदान गरे।

बजार र उपभोक्ताको माग अनुसार अगाडी बढ्नु पर्ने चुनौती रहेको बताउँदै उनले पुरानो ढंगको शैलीमा परिवर्तनको आवश्यकता औल्याए। एशोसियसनका संस्थापक अध्यक्ष रामजीप्रसाद बाँस्तोलाले संस्थागत विकासका लागि सदस्यहरुको सक्रिय सहभागिताको अपेक्षा व्यक्त गरे। व्यावसायिक हित र विकासका लागि समेत व्यवसायीहरु बीचको एकता जरुरी हुने उनको तर्क छ। फ्लोरिङ तथा फर्नीसिङ व्यवसायी संघका अध्यक्ष रामकृष्ण ढुंगानाले पोखराको सडकमा हुने पोके व्यापारीहरुसंगको लडाइँ चुनौतीपूर्ण रहेको बताए।

एशोसियसनका अध्यक्ष विष्णुप्रसाद तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न साधारणसभामा स्वागत वरिष्ठ उपाध्यक्ष गजेन्द्रमान श्रेष्ठ, निवर्तमान अध्यक्ष नवीन नापितले धन्यवाद ज्ञापन तथा सञ्चालन महासचिव धर्ममान सिंह भण्डारीले गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width