सामुदायिक सेवा केन्द्र एंव सामुदायिक प्रहरी सेवा पृथ्वीचोकद्वारा आयोजित पोखरा–१० रामबजार स्थित ज्योतिकुञ्ज माध्यमिक इङ्गलिस स्कुलमा साइवर सुरक्षा सम्बन्धी प्रशिक्षण सम्पन्न भएको छ।
साइवर सुरक्षा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत संस्थाका अध्यक्ष विपिन अधिकारीको अध्यक्षतामा साइवर सुरक्षा प्रशिक्षण सम्पन्न भएको हो।
ज्योतिकुञ्जका निर्देशक बालकृष्ण शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संस्थाका कार्यसमिति सदस्य तथा कार्यक्रम संयोजक टकदेवी शेरभुजा पुनले स्वागत मन्तव्य तथा कार्यक्रमको बारेमा प्रकाश पारेकी थिइन्।
संस्थाका पूर्व अध्यक्ष एवं प्रमुख सल्लाहकार चिरञ्जीवी श्रेष्ठले सामुदायिक सेवा केन्द्रको गतिविधि बारेमा प्रकाश पारेका थिए। उक्त प्रशिक्षण कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी हवल्दार कृष्णदेव राय तथा सफ्टोयर इन्जिनियर सञ्जय भण्डारीले प्रशिक्षण प्रदान गरेका थिए।
ज्योतिकुञ्ज माध्यमिक इङ्गलिस स्कुल कक्षा ९, ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई साइवर भनेको के हो? साइवर अपराध भनेको के हो र कस्ता–कस्ता कुरालाई साइवर अपराध भनिन्छ? यसको प्रयोग गर्दा अपनाउनु पर्ने सुरक्षाबारे श्रव्यदृश्यमार्फत् प्रशिक्षण प्रदान गरिएको थियो।
प्रहरी हवल्दार कृष्णदेव रायले यस साइबर अपराधबाट हुने कानूनी सजाय ब्यवस्थाबारे प्रशिक्षण दिएका थिए। कुनै पनि अपराधिक त्रियाकलापमा संलग्न तथा शंकास्पद लागे नेपाल प्रहरी आकस्मिक सेवा १०० मा प्रहरीलाई खबर गर्नसमेत प्रशिक्षणमा आग्रह गरे।
कार्यक्रमका सभाध्यक्ष अधिकारीले सामुदायिक सेवा केन्द्रले गरेका काम कार्यको बारेमा प्रष्ट पार्दै विकृति विसंगतिलाई न्यूनिकरण गर्ने कार्य लगायत समाज विकासका लागी विभिन्न किसिमका चेतनामुलक कार्यक्रम गर्न सबै सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा सक्षम रहेको बताए। कार्यक्रममा प्रमुख अतिथि बालकृष्ण शर्मा, संस्थाका प्रमुख सल्लाहकार तथा पूर्व अध्यक्ष चिरञ्जीवी श्रेक्ष्ठलगायतले मन्तव्य राखेका थिए। पोखरा ज्योतिकुञ्ज माध्यमिक इङ्गलिस स्कुलमा अध्ययनरत विद्यार्थीसहित १२० जनाको सहभागिता थियो।
Related News
सम्बन्धित समाचार
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री
मेजर वीरसिंहको १२२ औं जन्मजयन्ती
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१