गोपाल गुम्बामा कङ्ग्युर वाचन

आदर्श समाज सम्वाददाता
पौष ७, २०७६
gumba photo_Fotor

पोखरा–१०, रामाघाट पल टासी छ्योली गोपाल गुम्बामा आयोजित १० दिने (कङग्युर) त्रिपिटक वाचन तथा तोनाग घोसुम पुजाको छैटौ दिन आइतवार उल्लेख्य सहभागिता रहेको थियो।

गुम्बा स्थापनाका जग राख्ने घान्द्रुक कोट गाँउ भई हाल रामघाट निवासी ९७ वर्षीया मेजरनी मसन्ती गुरुङको विशेष उपस्थिति रहेको थियो। गुम्बाको प्रगति देखेर समाजसेवी बृद्धा गुरुङ मख्ख पर्नुका साथै बौद्ध शिक्षा स्कुलका लागि सहयोग समेत दान गर्दै गुम्बाको उत्तरोत्तर प्रगतिको कामना गरेका थिए।

पुस १ गतेदेखि शुरु भएको विश्व शान्तिका लागि आयोजित १९ औं संस्करणको त्रिपिटक वाचनमा गुम्बाका प्रमुख गुरु लामा गोपाल गुरुङले बौद्ध दर्शन र मानव जीवनका बारेमा बारेमा प्रचवन दिएका थिए।

विश्व शान्तिका लागि आयोजित १९ औं संस्करणको कङग्युर(त्रिपिटक) वाचन तथा तोनाग घोसुम पुजामा आइतवार भोजनदाताहरुको उल्लेख सहभागिता रह्यो। पुरानो हेम्जाकोट गाँउ भई रिठठेपानी निवासी ९३ वर्षिया लक्ष्मी गुरुङले १८ हजार रुपैया भोजनदानका लागि प्रदान गरेकी थिइन्। त्यसैगरी अन्यदाताबाट पनि सहयोग जुटेको बताइएको छ।

कङ्ग्युर पाठ वाचन तथा तोनाग घोसुम पुजाको छैटौं दिन विहान ढोल्मा तारादेवी पूजा, आयु पुजा, कुरिम तथा महाकाल पूजा (ग्रहशान्ति पुजा तथा ङोवा मोनलम(पितृ पुजा) समेत गरिएको वताइएको छ।

Related News

सम्बन्धित समाचार

  • जग्गाधनीले रोके रुपाताल परियोजनाको काम

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । रुपाताल संरक्षण परियोजनाको काम स्थानीयले रोकेका छन् । आफ्ना माग सुनुवाई नगरिएको भन्दै काम नै रोकिदिएका हुन् ।…
  • सफलको चिनीरहित दही बजारमा

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । सुजल डेरीले सफल सादा दही पोखरा बजारमा ल्याएको छ । कम्पनीका अनुसार सफल सादा दही चिनीरहित हो, जुन…
  • फेवाबाट जलकुम्भी हटाउन अभियान सुरु

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । बर्खा सुरुभएसँगै फेवाताल जलकुम्भीले ढाकिन्छ । स्वदेशी र विदेशी पर्यटकको आकर्षणको केन्द्र फेवाताल भए पनि यसको संरक्षणका लागि…
  • पोखरा जेसीजको ७ दिनमा, ७ कार्यक्रम

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    पोखरा । ७ दिनमा, ७ समुदायलक्षित कार्यक्रम गर्दै पोखरा जेसीजले जेसीज सप्ताह विविध कार्यक्रम गरी मनाएको छ । संस्थाले १९…
  • महिलालाई आत्मनिर्भर बनाउँदै वडा कार्यालय

    आदर्श समाज सम्वाददाता वैशाख २७, २०८१
    पोखरा । पोखरा वडा १२ कार्यालयले महिलाहरुका लागि विभिन्न किसिमका कार्यक्रम गर्दै आएको छ । सिलाइ कटिङ, बाजा बजाउने, कम्प्युटर…

hero news full width

trending post