चेतनामूलक अभिमुखीकरण

आदर्श समाज सम्वाददाता
पौष ७, २०७६
pcc intraction_Fotor

पोखरा उद्योग वाणिज्य संघ अन्तर्गत बाल श्रम न्यूनिकरण कार्यक्रम, कास्की मोटरसाइकल एसोसियशन र गण्डकी अटो मेकानिकल वर्क एसोसियशनको संयुक्त आयोजनामा चेतनामूलक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा कास्की मोटरसाइकल एसोसियशनका अध्यक्ष प्रेम गिरीले १४ वर्ष मुनिका बालबालिकालाई श्रम लगाउन नपाइने भन्दै मोटरसाइकल वर्कसपमा त्यस्ता बालबालिकालाई श्रममा नलगाइएको बताए।

गण्डकी अटो मेकानिकल वर्क एसोसियशन वरिष्ठ उपाध्यक्ष किरण कपालीले बाल श्रम न्यूनीकरणका लागि सबैको पहल आवश्यक रहेको औल्याए।

कार्यक्रमका सहभागीले १४ वर्ष मुनिका बालबालिकालाई श्रममा नलगाउने प्रतिबद्वता व्यक्त गरेका थिए। कार्यक्रम भत्तराज रसाईलीले सहजिकरण गरेका थिए।

बाल श्रम न्यूनिकरण कार्यक्रमका अध्यक्ष राजेन्द्रकुमार लालचनको अध्यक्षतामा भएको कार्यक्रम कार्यक्रम संयोजक प्रिति पाण्डेले सञ्चालन गरेकी थिइन्।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग