ओपनर कुशल भुर्तेलको अविजित अर्धशतकसँगै पोखरा प्रिमियर लिगमा पोखरा पल्टनले विजयी सुरुवात गरेको छ ।
आइतबार पोखरा रंगशालामा भएको खेलमा काठमाण्डौं गोल्डेन वारियर्सलाई ९ विकेटले पराजीत गर्दै प्रतियोगितामा पोखराले सुखद सुरुवात गरेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको काठमाण्डौंले २० ओभरमा ८ विकेट गुमाएर १ सय १५ रन जोड्यो । जवाफमा पोखराले १ विकेट मात्रै गुमाएर ६ ओभर अघि नै लक्ष्य भेट्टायो । ओपनर आरिफ शेखलाई सस्तैमा पेभेलियन फर्काएपनि भुर्तेलको आक्रामक ब्याटिङ सामु काठमाण्डौंको जोर चलेन । ४३ बलको सामना गरेका भुर्तेलले ५ छक्का र ४ चौका हिर्काउँदै नट आउट ६५ रन जोडे । शेख १० बल खेरेर १४ रन जोडेपछि एलविडब्लु धरापमा परेपछि मैदान छिरेका ब्याट्सम्यान रविन्द्रर सिंहले ३२ बलमा ३८ रनको योगदान दिए ।
काठमाण्डौंका लागि सुसन भारीले १ विकेट लिनुबाहेक अरु बलर कमजोर सावित भए । काठमाण्डौंको ब्याटिङ पनि खासै चलेन । विदेशी खेलाडी सुवोध भाटीले ४५ रन बनाउनुबाहेक अरुले उल्लेख्य रन जोड्न सकेनन् । खराब सुरुआत गरेको काठमाडौंका लागि सातौं ब्याट्सम्यानका रूपमा क्रिजमा छिरेका भाटीको उत्कृष्ट ब्याटिङको योगदानमा काठमाण्डौंले १ सय १६ रनको लक्ष्य तय गरेको थियो । गौरव तोमारले १३ र सुसन भारीले १० रन बनाउँदा अरु ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् । कप्तान ज्ञानेन्द्र मल्लले ५ बलको सामना गरेर मात्रै १ रन बनाए । पोखरा पल्टनका लागि कुशल मल्ल, ललित राजबंशी र रसिद खानले २÷२ विकेट लिए भने प्रथमेश डेक र सर्वजित लाद्धाले समान १÷१ विकेट हात पारे । प्रतियोगितामा सर्बाधिक रन जोड्ने भुर्तेल म्यान अफ दि म्याच घोषित भएका छन् ।
प्रतियोगिता अन्तर्गत सोमबार दुई खेल हुँदैछन् । पहिलो खेलमा विराटनगर टाइटन्स र धनगढी ब्लुजबीच बिहान नौ बजे प्रतिश्पर्धा हुनेछ भने पौने १ बजे काठमाडौं गोल्डेन् वारियर्सले बुटबल ब्लास्टर्सको सामना गर्ने छ ।
६ टीमको सहभागिता रहेको प्र्रतियोगिता १४ दिनसम्म चल्नेछ । प्रतियोगितामा पोखरा र काठमाण्डौंसँगै बुटवल ब्लास्टर्स, धनगढी ब्लुज, चितवन राईनोज र विराटनगर टाइटन्सबीच प्रतिश्पर्धा चल्नेछ । प्रतियोगिताका बिजेताले २७ लाख र उपबिजेताले १० लाख नगद पुरस्कार पाउनेछन् । यसअघिको पहिलो पोखरा प्रिमियर लिगमा पोखराले उपाधी जितेको थियो ।
लिगको उद्घाटनपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ब्यवसायिक खेलकुदले अन्तराष्ट्रिय रुपमा प्रतिश्पर्धा गर्न सक्ने बताए । उनले तल्लो तहबाटै खेलकुदलाई बिशेष प्राथमिकता दिनुपर्नेमा उनको जोड छ । ‘तल्ला तहमै एकेडेमी बनाउनुपर्छ । यो काम राज्यले गर्ने हो । सरकारको ध्यान जानुपर्छ,’ उनले भने, ‘प्रकृतिले दिएको बरदानलाई ब्यवहारमा प्रयोग गरौं ।’ उनले पोखरालाई पर्यटनसँगै खेलकुदको राजधानीको रुपमा स्थापित गर्नुपर्ने बताए ।
राष्ट्रिय खेलकुद परिषदका अध्यक्ष रमेशकुमार सिलवालले केहीबर्षभित्रै अन्तराष्ट्रिय स्तरको क्रिकेट मैदान पोखरामा निर्माण गर्ने र खेल्नका लागि आमन्त्रण गर्ने बताए । सांसद तथा गण्डकी प्रदेशका अर्थ तथा विकास समिति सभापति दीपक कोइरालाले पोखरामा भएका इभेण्टहरुले स्पोर्टस सिटीको रुपमा स्थापित गर्दै लगेको सुनाए । उनले खेलकुद खेल्ने कुरासँगै आर्थिक समृद्धीसँग पनि जोडिने भएकोले विश्वका शक्तिशाली राष्ट्रसँग प्रतिश्पर्धा गर्ने गरी खेलाडी उत्पादन र पूर्वाधार निर्माण गर्नुपर्ने बताए । क्रिकेटको विकेन्द्रिकरणका लागि सरकारको ध्यानाकर्षण बढाउन पोखरामा लिग आयोजना गरिएको आयोजक क्विन्स इभेण्ट प्रालिका निर्देशक छुम्वी लामा बताउँछन् । शनिबारदेखि हुने भनिएको खेल बर्षाका कारण आइतबारदेखि सुरु भएको हो ।
Related News
सम्बन्धित समाचार
गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
मुख्यमन्त्री अधिकारीले पेस गरे विश्वासका लागि प्रस्ताव, छलफल सुरु
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेश सभाको बैठक सुरु, विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री अधिकारी
मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
वैशाख २३, २०८१पोखरा देशभरकै प्रदूषित सहर
वैशाख २३, २०८१पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
वैशाख २२, २०८१भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१