तनहुँ, २९ मंसिर । तनहुँको भानु नगरपालिकाले भानुभक्तीय टोपी निर्माण सम्बन्धी तालिम प्राप्त महिलालाई मेसिन सहयोग गरेको छ । नगरपालिकाले विभिन्न वडाका छ महिलालाई अनुदानमा विद्युतीय मेसिन सहयोग गरेको हो ।
नगरपालिकाले भानुभक्तीय टोपी निर्माण गर्न छ महिलालाई गत असारमा तालिम प्रदान गरिएको भानु नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख अधिकृत कृपाहरि लौडारीले जानकारी दिए ।
१७ हजार ५०० रुपैयाँ पर्ने उक्त मेसिनका लागि नगरपालिकाले ७० प्रतिशत अनुदान दिएको छ भने सम्बन्धित महिलाले ३० प्रतिशत लगानी गरेका छन् । महिला लक्षित कार्यक्रमअन्तर्गत ती महिलालाई दमौलीस्थित निखिल ढाका कपडा उद्योगमा १० दिनको तालिम प्रदान गरिएको थियो । तालिमप्राप्त महिलालाई व्यावसायिक बनाउन मेसिन प्रदान गरिएको नगर उपप्रमुख आशा थापाले जानकारी दिए । उपप्रमुख थापाले भने “यसले महिलालाई आत्मनिर्भर बनाउन र भानुभक्तीय टोपी उत्पादनका लागि सहयोग पुग्नेछ ।”
मेसिन प्राप्त गरेका महिलाले उत्पादन गरेको भानुभक्तीय टोपीको बजार व्यवस्थापनका लागि नगरपालिकाले सहयोग गर्ने नगर प्रमुख उदयराज गौलीले बताए । उनका अनुसार यहाँ उत्पादित टोपी जिल्ला समन्वय समितिसँग सहकार्य गरेर जिल्लाका अन्य स्थानीय तहमा पनि बिक्री वितरणको व्यवस्था मिलाउन पहल गरिनेछ ।
भानु नगरपालिकाले नगर क्षेत्रभित्रका विद्यालय, सङ्घसंस्थालगायतमा भानुभक्तीय टोपी अनिवार्य गर्न लागेको छ । त्यसको शुरुआत भानु नगरपालिकाले आफ्नै कार्यालयबाट असार १ गतेदेखि शुरु गरे पनि अहिले कर्मचारी एवं जनप्रतिनिधिले नै उक्त टोपी नलगाउने गरेको गुनासो आउन थालेको छ ।
“औपचारिक कार्यक्रममा मात्रै भानुभक्तीय टोपी लगाउने र अरु बेला नलगाउने गरेको गुनासो आएको छ,” सामाजिक शाखा प्रमुख लौडारीले भने “सबैलाई भानुभक्तीय टोपी अनिवार्य गर्ने विषयमा छलफल भइरहेको छ ।” पहिला खरीद गरिएको टोपी बाक्लो भएकाले गर्मी मौसममा टोपी लगाउन समस्या परेको लौडारीले बताए । “अब पातलो र सहजरूपमा लगाउन मिल्ने खालका टोपी भानुमै उत्पादन हुन्छ”, उनले भने ।
Related News
सम्बन्धित समाचार
अधिकारी सरकारको वैधताको टुंगो आज !
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
hero news full width
मुख्य समाचार
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
वैशाख १५, २०८१त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८१