हेमजामा कुल पूजा

आदर्श समाज सम्वाददाता
मंसिर २७, २०७६
bastola kulpuja_Fotor

बास्तोला बन्धुहरुको वार्षिक कुल पूजा पोखरा–२५ हेमजाको पारीपाखामा बिहीबार सम्पन्न भयो।

त्यस अवसरमा गंगाचार्य मन्दिरमा विशेष पूजा गरिनुका साथै बास्तोला कुल सेवा समिति नेपाल कास्कीको वार्षिक साधारण सभा भएको छ।

सभाका प्रमुख अतिथि समितिका केन्द्रीय उपाध्यक्ष विश्वराज बास्तोलाले संस्थालाई व्यवस्थित गरेर अगाडि बढाउनु पनेर्मा जोड दिए।

केन्द्रीय कोषाध्यक्ष बुद्धिनाथ बास्तोलाले संस्थाको आर्थिक अवस्थाबारे जानकारी दिँदै पुरानो हिसाबकिताबको खोजी भइरहेको बताए।

त्यस अवसरमा पूर्व केन्द्रीय सल्लाहकार माधवशरण बास्तोला केन्द्रीय सचिव वसन्त बास्तोला, दानदाता सुशील बास्तोलाले मन्तव्य राखेका थिए।

यसैगरी प्रदेश अध्यक्ष दामोदर बास्तोलाले ५० हजार एक सय ११ रुपैयाँको अक्षयकोष राख्ने घोषणा गरेका छन्।

सभाको अध्यक्षको आशनबाट जिल्ला कार्यसमिति कास्कीका अध्यक्ष राजेन्द्रप्रसाद बास्तोलाले समितिले गरेका कार्यहरुबारे प्रकाश पारेका थिए। कार्यक्रमको सञ्चालन पोखरा–२५ वडा एकाई समितिका उपाध्यक्ष गोविन्दराज बास्तोलाले गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width