महोत्सवमा दर्शक बढ्दै

आदर्श समाज सम्वाददाता
मंसिर १५, २०७६
Mela_Fotor

महोत्सव सकिनै लाग्दा भैरहवामा जारी लुम्बिनी पर्यटन प्रवद्र्धन औद्योगिक व्यापार तथा कृषि महोत्सव–२०७६ मा दर्शकको भिड बढेको छ। मंसिर ३ देखि शुरु महोत्सव सकिन अब २ दिनमात्र बाँकी हुँदा दर्शकको उत्साह र सहभागिता बढेको हो।

महोत्सवमा १४ गते शनिबारमात्र एकैदिन ४० हजार दर्शकले अवलोकन गरेको आयोजकले दाबी गरेका छन्।

शनिबार दर्शक बढी हुनु स्वभाविक भए पनि अन्य दिन दर्शकको उपस्थितिले आफूहरु सन्तुष्ट भएको मेला मूल आयोजक समिति संयोजक नारायणप्रसाद भण्डारीले बताए। शनिबारमात्र महोत्सवमा २ करोडको कारोबार भएको संयोजक भण्डारीले दाबी गरे।

दर्शक चाप बढी भएपछि आयोजकले दर्शकलाई सहजै टिकटको व्यवस्थापन गर्नको लागि नियमित टिकट काउण्टरको अलावा ५ वटा टेबलबाट टिकट उपलब्ध गराएर भिडको व्यवस्थापन गरिएको सचिवालय संयोजक अनिलकुमार ज्ञवालीले जानकारी दिए।

दर्शकमात्र नभइ यस पटकको महोत्सवमा स्टलका पनि राम्रो सहभागिता रहेको स्टल संयोजक रामचन्द्र रेग्मीले बताए। उनका अनुसार महोत्सवमा ४ सय स्टल दर्ता भएका थिए।

उद्योग व्यापार संगठन रुपन्देही तथा नेपाल चेम्बर अफ कमर्स काठमाडौंको मुख्य आयोजनामा भैरहवाको अञ्चलपुरमा संचालन भइरहेको महोत्सवमा दर्शकले महोत्सवस्थलमा निर्माण गरिएको मायादेवी मन्दिर र सो भित्र राखिएका विभिन्न पर्यटकीय स्थलहरु अत्यन्तै रुचाएका थिए। साथै पशुपतिनाथ मन्दिर आकृतिको सचिवालय, सेल्फि जोन, मायादेवी मन्दिर आकृतिको प्रवेशद्वार लगायतमा सेल्फि लिनेको निकै भिड देखिएको थियो।

शनिबार महोत्सवको आकर्षणको रुपमा रहेका आधुनिक गायक हेमन्त शर्मा, राजनराज शिवाकोटी, लोक तथा दोहोरीगायक वसन्त लम्साल, गायिका भूमिका गिरी, सुशीला गौतम, गायक जीवन शर्मा लगायत विभिन्न स्थानीय कलाकार लगायतले दर्शकलाई निकै रमाइलो प्रदान गरेका थिए।

मंसिर १६ सम्म संचालन हुने महोत्सवमा २५ करोडको आर्थिक कारोबार तथा ३ लाख दर्शकलाइ अवलोकन गराउने आयोजकको लक्ष्य छ।

Related News

सम्बन्धित समाचार

  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…
  • पोखरा ६ मा साबुन बनाउने तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ६ को आयोजनामा भएको साबुन बनाउने ५ दिने मंगलबार तालिम सकिएको छ । तालिममा…

hero news full width