मदरल्यान्ड माविले २५ औं वार्षिकोत्सव तथा रजतजयन्ती अवसरमा प्रदेशस्तरीय हाजिरीजवाफ प्रतियोगिता गरेको छ।
गण्डकी प्रदेशका ५ जिल्लाबाट ३५ विद्यालयका १ सय ५ जना विद्यार्थीले सहभागिता जनाएको उक्त प्रतियोगिता २ दिनसम्म सञ्चालन भएको थियो। प्रदेशस्तरीय प्रतियोगितामा कुस्माको कालिगण्डकी माविले प्रथम स्थान हात पारेको छ भने द्वितीय, तृतीय र सान्त्वना स्थान क्रमशः कास्कीको शीतलादेवी मावि, गण्डकी आवासीय मावि र तनहूँ शुक्लागण्डकीको पञ्चमुनिदेव माविले हात पारे।
विजयी विद्यालय तथा विद्यार्थीलाई प्रमुख अतिथि विद्यालयका निदेर्शक एवं प्राचार्य नारायण बराललगायतले नगद पुरस्कार प्रदान गरेको जानकारी कार्यक्रमका संयोजक तथा विद्यालयका मावि इन्चार्ज टेकनाथ पौडेलले दिए। प्रमुख अतिथि पोखरा महानगर शैक्षिक प्रशासन महाशाखाका प्रमुख गंगाबहादुर गुरुङले विद्यालयको शैक्षिक प्रगतिको प्रशंसा गर्दै आजको सूचना र प्रविधिको युगमा विद्यार्थीले विश्वमा उत्पादित जनशक्तिसँग प्रतिस्पर्धा गर्न सक्नुपर्ने बताए।
विद्यालयका संस्थापक निदेर्शक त्रिभुवन शर्माको अध्यक्षतामा भएको प्रतियोगिताको सञ्चालन कार्यक्रम संयोजक तथा मावि इञ्चार्ज टेकनाथ पौडेलले गरेका थिए।
विद्यालयले रजतजयन्ती वर्ष अवसरमा आन्तरिक तथा बाह्यरूपमा चित्रकला, सरसफाइ, हस्तलिपि, कविता, निबन्ध लगायत प्रतियोगिता गरेको विद्यालयका सहकार्यकलाप प्रमुख सुनिल सुवालले बताए।
Related News
सम्बन्धित समाचार
गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
मुख्यमन्त्री अधिकारीले पेस गरे विश्वासका लागि प्रस्ताव, छलफल सुरु
hero news full width
मुख्य समाचार
गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक सुरु, विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री अधिकारी
वैशाख २३, २०८१मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
वैशाख २३, २०८१पोखरा देशभरकै प्रदूषित सहर
वैशाख २३, २०८१पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
वैशाख २२, २०८१