वार्ताबाट नै सीमा विवाद हल गर्नुपर्छ – सभापति देउवा

रासस
कार्तिक ३०, २०७६
Ser-Bahadur-Dauba

कञ्चनपुर, ३० कात्तिक । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले कूटनीतिक र वार्ताको माध्यमद्वारा सीमा विवाद समाधान गनुपर्ने बताएका छन् । सरकाले राष्ट्रवादको नारा दिएपनि त्योअनुसार काम गर्न नसकेको आरोप उनको छ ।

नेपाल प्रेस युनियन कञ्चनपुरले शनिवार आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले सीमा विवाद समाधानका लागि सरकारले पहल गर्न नसकेको आरोप लगाए । पत्रकार सम्मेलनमा देउवाले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूमि भएको बताए ।

“कालापानी हाम्रो हो । महाकाली सन्धिअनुसार पनि कालापानी नेपालको हो”, उनले भने, “सन्धिमा महाकाली नदीलाई नेपाल र भारतको सीमा नदी भनिएको छ ।” महाकाली सन्धिअनुसार महाकाली नदीको पानी आधा भारत र आधा नेपालको भएको उनको भनाइ थियो । भारतले महाकाली सन्धि कार्यान्वयन गर्नुपर्ने देउवाले वताए ।

Related News

सम्बन्धित समाचार

hero news full width