पोखरा, २७ कात्तिक । साझा पार्टीले डा. गोविन्द केसीका माग सम्बोधन गर्न माग गरेको छ ।
पोखराको मानव अधिकार चोकमा मङ्गलबार कोण सभाको आयोजना गरि साझाले डा. गोविन्द केसीका मागहरू पुरा गरि उनको जीवन रक्षाका लागि पहल गर्न माग गर्दै प्रदर्शन गरेको हो। यद्यपि सीमा मिचिएको प्रतिकुल अवस्थाका लागि भन्दै डा. केसीले मङ्गलबार अपरान्हबाटै आफ्नो अनशन स्थगित गरिसकेका छन् ।
कोण सभालाई सम्बोधन गर्दै पार्टीकी केन्द्रीय सदस्य तथा आसन्न उपनिर्वाचनमा कास्की क्षेत्र नं २ की उम्मेदवार रजनी केसीले शिक्षा, स्वास्थ्य र सार्वजनिक यातायातलाई पूर्ण रुपमा राज्यको नियन्त्रणमा नराखिएसम्म डा. केसी जस्ता सत्याग्रहीले पटकपटक अनशन बस्नुपर्ने दुखद अवस्था आइरहने बताइन। आफ्नो पार्टीको मुख्य नारा नै स्वास्थ्य, शिक्षा र सार्वजनिक यातायात राज्यको दायित्व भित्र राखिनुपर्ने भन्दै जनताको स्वास्थ्य माथि खेलवाड गर्नेहरूलाई निर्वाचनबाटै परास्त गर्नुपर्ने धारणा राखिन।
कोण सभालाई साझा पार्टी कास्कीका संयोजक अर्जुन खनालले पनि सम्बोधन गरेका थिए। आफूसँग विगतमा भएका सम्झौता कार्यान्वयन हुनुपर्ने लगायतका माग राख्दै केसीले डडेलधुरामा १७औं अनशन शुरु गरेका थिए।
Related News
सम्बन्धित समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
hero news full width
मुख्य समाचार
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१