सडक मर्मत माग गर्दै यातायात अबरुद्ध

आदर्श समाज सम्वाददाता
कार्तिक २७, २०७६
photo _Fotor

पोखरा वडा २९ र ३० मा पर्ने नेपाल आयल निगम गगनगौडा डिपो सडकखण्ड मंगलबार बिहान करीव ३ घण्टा अवरुद्ध भएको छ।

समयमै सडक मर्मत नहुँदा धुलोधुँवा र खाल्डाखुल्डीले आक्रान्त बनेका स्थानीयले दबाबस्वरुप सडक अवरुद्ध गरेका हुन्।

सडक अवरुद्ध हुँदा पेट्रोल बोक्ने ट्याक्टर, मालवहाक ट्याक्टर र ट्रिपर लगायत सयौ सवारी साधन रोकिएका थिए।

पावर हाउसदेखि डिपोसम्म पुग्ने सडक करीव ३ सय मिटरमध्ये १ सय मिटर बाटोमात्र पिच भएको तर हालसम्म बाँकी २ सय मिटर सडक पिच नभएकाले सडक अवरुद्ध गर्नुपरेको स्थानीयले बताए। सो क्रममा नेपाल आयल निगम गगनगौंडा डिपोका इन्धन बोक्ने टेङ्कर पनि रोकिएका थिए।

गगनगौंडा डिपोमा सरोकारवाला पटक पटक गएर निरीक्षण गर्ने र आश्वासन दिए पनि काम नभएकाले सडक अवरुद्ध गर्नुपरेको स्थानीयको भनाइ छ।

Related News

सम्बन्धित समाचार

hero news full width