इपोमा नेपाली मोडल पनि

एजेन्सी
कार्तिक २५, २०७६
IMG-20191104-WA0016

पोखरा, २५ कात्तिक । इपो फेसन विकमा नेपाली मोडलहरु पनि सहभागी भएका छन । उक्त फेसन विक हालै मलेसियाको इपो सहरमा सञ्चलन भएको थियो ।

फेसन विकमा नेपाल सहित चीन,भारत,मलेसिया, इन्डोनेसिया,जापान तथा सिगापुरका ४६ जना मोडल याम्पमा प्रस्तुत भएका थिए । नेपालबाट ५ पुरुष तथा २ महिला मोडल सहभागी भए जसमा अनिल अधिकारी, बाबु सागर गिरी,प्रकाश अधिकारी, पोसन शर्मा,शेरब शेर्पा,हेमा हमाल तथा ज्योति थापा छन् ।

नेपालका डिजाइनर ज्वाला पोख्रेल एंव जय थापले पनि उक्त फेसन विकमा सहभागिता छ । तीन दिन चलेको उक्त फेसन विकको कोरियोग्राफी खालिक मुस्ताफाले गरेका थिए, फेसन विकमा हरेक दिन १२ वटा सिक्वेन्स प्रस्तुत भएको सहभागी मोडल अनिल अधिकारिले जानकारी दिए।

Related News

सम्बन्धित समाचार

hero news full width