पर्सा, २० कात्तिक । पर्साको वीरगञ्जमा अपहरणकारीमाथि गोली प्रहार गरी प्रहरीले १४ वर्षीय बालकलाई अपहरण मुक्त गरेको छ ।
वीरगञ्ज उपमहानगरपालिकामा पर्ने नेपाल–भारत सीमा क्षेत्रको खलबा टोलमा गए राती १ बजेतिर प्रहरीले अपहरणकारीमाथि गोली प्रहार गरेर बालकलाई अपहरणमुक्त गरेको हो । अपहरणकारीको साथबाट कटुवा पेस्तोल र गोली बरामद गरिएको प्रहरीले जनाएको छ।
अपहरणकारीलाई पक्राउ गरेपछि बनेपाबाट अपहरण गरेर ल्याएका १४ वर्षीय बालकलाई सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता डिएस्पी गौतम थापाले जानकारी दिए।
अपहरणकारीले बालकलाई बनेपाबाट दश दिनअघि अपहरण गरेका प्रहरीले जनाएको छ। प्रहरीले उद्धार गरिएका बालक र गोली लागेका अपहरणकारीको नाम सार्वजनिक गरेको छैन।खुट्टामा गोली लागेका अपहरणकारीको वीरगञ्जमा उपचार भइरहेको छ। दिउँसो पत्रकार सम्मेलन गरेर घटना विवरण सार्वजनिक गर्ने प्रहरीले जनाएको छ।
Related News
सम्बन्धित समाचार
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
बुढ्यौलीमा भेडीगोठ मोह
पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
hero news full width
मुख्य समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१