लेखनाथ, १४ कात्तिक । पोखरा–२७ स्थित आवासनगर टोल विकास संस्थाले आफनो पाचौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनका अवसरमा टोल भित्र रहेका ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको छ ।
ज्येष्ठ नागरिक समाजका अगुवा भएकाले उनीहरुको अनुभवलाई स्थानीय स्तरको विकासमा प्रयोग गर्नु पर्ने उद्घोसका साथ ७० वर्ष माथिका २३ जना जेष्ठ नागरिकलाई दोसल्ला कदर पत्रद्वारा सम्मान गरिएको हो ।
यस अघि कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका विकास समितिका संयोजक दीपक कोइरालाले आफनो टोलको विकासका लागि स्वयम स्थानीयवासी नै सक्रिय हुनुपर्नेमा जोड दिदै टोल विकासले स्थानीय कृषि उत्पादनलाई प्रथामिकतामा राख्नु पर्ने सुझाव दिएका थिए ।
सोही अवसरमा वडा नं २७ का वडाअध्यक्ष पूर्ण कुमार गुरुङ,वडा सदस्य सरु नेपाली,नेकपा वडा नं २७ का अध्यक्ष सूर्यमणि लामिछाने, स्थानीय कृष्ण चन्द्र पोखरेल,सल्लाहकार नेत्रपाणि बास्तोला र जग्गादाँता लक्ष्मी श्रेष्ठ लगाएतले आफनो टोललाई नमूना टोलको रुपमा विकास गर्न सहकार्यको आवश्यकता पर्ने विचार व्यक्त गरेका थिए ।
सोही अवसरमा संस्थाको आगामी कार्यकालका लागि पार्वती गुरुङको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरिएको छ जसको उपाध्यक्षमा चक्रबहादुर शाही, सचिवमा चन्द्रकान्त अधिकारी,कोषाध्यक्षमा सूर्यनाथ पौडेल,सहसचिवमा अमृता वास्तोला र सदस्यहरुमा बिन्दु तिमिल्सेना, पुनम थापा,राजेशजंग राणा,देवि कुमारी तामाङ ,स्वच्छा केसी र लक्ष्मण गुरुङ रहेका छन् । यसैगरी समितिको पहिलो बैठकले नेत्रपाणि वास्तोला, डम्मर प्रसाद पौडेल र कृष्णबहादुर बल्छौडीलाई सल्लाहकारमा चयन गरेको छ ।
Related News
सम्बन्धित समाचार
अधिकारी सरकारको वैधताको टुंगो आज !
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
hero news full width
मुख्य समाचार
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
वैशाख १५, २०८१त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८१