काठमाण्डौ, ६ कात्तिक । लगातारको बर्षापछि दुई हप्तादेखि बर्षा हुन सकेको छैन,मौषमविद्का अनुसार कात्तिक ६–८ गतेसम्म देशभर मौसम सफा हुने छैन् ।
मौसम पूर्वानुमान महाशाखाले बुधबार बिहान जारी गरेको बुलेटिन अनुसार शुक्रबारसम्म देशभर आंशिकदेखि सामान्यसम्म बदली हुने भएको हो। यसबीचमा घाम लागेर मौसम छ्याङ्ग उघ्रिने सम्भावना नरहेको मौसमविद्को अनुमान छ।
मौसमविद् गंगा नगरकोटीका अनुसार अहिले मध्य र पूर्वी क्षेत्रमा सामान्य (आकाशमा आधाभन्दा बढी बादल) र पश्चिमी भेगमा आंशिक (आकाशमा आधाभन्दा कम बादल) बदली भएको छ।
अपराह्नपछि पोखरा, कपिलवस्तुदेखि पूर्वी क्षेत्रका पहाड तथा तराईका केही ठाउँमा फाटफुट वर्षा हुने सम्भावना देखिएको मौसमविद् नगरकोटीले जानकारी दिइन्।् । बेलुकीपख काठमाडौं उपत्यकामा पनि हल्का वर्षाको सम्भावना रहेको उनले बताइन्। ।
यसैगरी बुधवार राति मध्य र पूर्वी पहाडी भेगका थोरै तथा पश्चिमी पहाडका एक वा दुई स्थानमा हल्का वर्षाका साथै उच्च हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै बिहीबार पनि देशभरको मौसम आंशिकदेखि सामान्यसम्म बदली रहनेछ भने मध्य र पूर्वी भेगका थोरै तथा पश्चिम पहाडी भेगका एक वा दुई स्थानमा हल्का वर्षा तथा उच्च हिमाली भेगमा हल्का हिमपातको सम्भावना छ। सो दिन राति पनि मौसमी अवस्था यस्तै रहने मौसम महाशाखाले जानकारी दिएको छ। यस्तै शुक्रबार पनि देशको मौसम खुल्ने छैन।
मौसमविद्का अनुसार यस दिन मध्य तथा पूर्वी भेगमा सामान्य तथा देशका बाँकी स्थानमा आंशिक बदली रहनेछ। सो दिन दिउँसो मध्य र पूर्वी भेगका थोरै स्थानमा हल्का वर्षा तथा उच्च हिमाली भेगमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
सो दिन राति देशका मध्य तथा पूर्वी सामान्य तथा बाँकी क्षेत्रमा आंशिक बदली रहनेछ भने मध्य र पूर्वी भेगका एक र दुई स्थानमा हल्का बर्षा र उच्च हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान छ ।
मौसमविद् गंगा नगरकोटीका अनुसार अरब सागरको पूर्वी मध्य भागमा विकसित न्यून चापीय प्रणाली तथा पश्चिमी वायुको प्रभावका कारण नेपालमा मौसम बदली भइरहेको हो। मौसमविद्का अनुसार मनसुनी वायु (मनसुन) बाहिरिएपछि नेपालमा पश्चिमी वायुको प्रभाव बढेको हो। अहिले ‘पोस्ट मनसुन’ चलिरहेको उनीहरूको भनाइ छ। दिनप्रतिदिन तापक्रम घट्दै गएकाले देशभर क्रमशः चिसो पनि बढ्दै गएको मौसमविद्ले बताएका छन् ।
Related News
सम्बन्धित समाचार
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
भलिबलमा अटल हिमाल
गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
hero news full width
मुख्य समाचार
मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
वैशाख २३, २०८१मुख्यमन्त्री अधिकारीले पेस गरे विश्वासका लागि प्रस्ताव, छलफल सुरु
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक सुरु, विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री अधिकारी
वैशाख २३, २०८१मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
वैशाख २३, २०८१