पाेखरा, असाेज १९: लेखनाथ बुढीबजारबाट च्यांग्रा खरिद गर्न आएका कृष्ण हमालले पोखराको हरिचोकमा कालाे रङको च्यांग्रा रु १९००० तिरेर किने । उनका अनुसार आज अष्टमीको दिन हिजोअस्ती भन्दा मूल्य धेरै घट्ने भएकोले ग्राहकलाई फाइदा भएको छ । हेमजासम्म च्यांग्रा हेर्ने गएका उनले अन्तमा शुरुमै हेरेको ठाउँ हरिचोकको उकालोमा च्यांग्रा खरिद गरेका थिए । शुरुवाती घटस्थापनाको बेला साइज हेरी रु ३५००० प्रति गोटा बिक्री भइरहेकोमा आज मूल्यमा गिरावट आएको हो । मुस्ताङबाट ८६ वटा च्यांग्रा लिएर आएका गणेश शाहीका अनुसार आज सर्वसाधरणले खरिद गर्ने अन्तिम दिन भएकोले भोलि फ्रेस हाउसलाई सस्तोमा दिनुभन्दा सबैभन्दा साना साइजको च्यांग्रालाई १९ हजार रुपैयाँमा दिइरहेको बताए । रोजेर भनेर रु २१ हजारमा च्यांग्रा बेचिरहेका छन् । दिउँसोको ४ बज्दासम्म उनीसँग अब १८ वटा च्यांग्रा बाँकी छन् । अधिकांशले अष्टमीकै दिन काटमार गर्ने हुँदा आज केही सस्तोमा पाइने भन्दै खरिद गर्न आउने गर्छन् । वर्षको अन्य समय खसी खाइने भए पनि च्यांग्राको मासु बिना पोखरेलीको दशैं खल्लो हुने गर्छ । केही ग्राहक भने साँझ परेपछि अझै घट्ने भन्दै यताउता चहारिरहेका थिए ।
Related News
सम्बन्धित समाचार
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
कास्कीका सहकारी पीडित एउटै मोर्चामा, बन्यो संयुक्त संघर्ष समिति
hero news full width
मुख्य समाचार
बुढ्यौलीमा भेडीगोठ मोह
पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
वैशाख १५, २०८१त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१