क्रस कन्ट्री दौडको १ टिममा ३ जना खेलाडी अनिवार्य हुनुपर्छ। तीमध्ये २ जना पुरुष र १ जना महिला वा २ महिला र १ पुरुष रहनेछन्। तीनै जनाको एउटा टिमले सँगसँगै क्रस कन्ट्री दौड पूरा गर्नुपर्ने हुन्छ। सोअन्तर्गत रुटको ४ स्थानमा चेक प्वाइन्ट हुन्छन्।
पोखरामा बाराहीघाटदेखि शुरु हुने दौड फुस्रेखोलाको पुलमा पहिलो, मट्टीखानमा रेस र फलफूल तथा जुस सेवन, कुभिण्डे भञ्ज्याङमा दोस्रो चेक प्वाइन्ट, शान्ति स्तुपामा तेस्रो चेक प्वाइन्ट र लिचिबोटमा चौथो तथा अन्तिम चेक प्वाइन्ट हुनेछ।
वाराहीघाटबाट फुस्रे खोलासम्म दौड हुनेछ। फुस्रे खोलाको चेक प्वाइन्टमा एउटा टिमको लागि १ साइकल राखिन्छ। त्यहाँ, एउटा टिमको तीनै जना पुगेपछि मात्रै साइकल लिएर जान पाउँछ। उसले साइकल लिएर जान्छ भन बाँकी २ जना दौडनेछन्।
मट्टीखान पुगेपछि क्रस कन्ट्रीमा सहभागी खेलाडीका लागि त्यहाँको रिसोर्टमा रेष्ट हुन्छ। खेलाडीले त्यहाँ फलफूल तथा जुस खाई आराम गर्छन्। त्यसपछि रामकोटहुँदै कुभिण्डे भञ्ज्याङमा चेकप्वाइन्ट हुन्छ। कुभिण्डे भञ्ज्याङको चेकप्वाइन्टमा पनि टिमको ३ जना सँगसँगै पुगेको हुनुपर्दछ। सबै टिमका खेलाडीले कुभिण्डे भञ्ज्याङमा साइकल छाडेर पुनः दौडनुपर्ने हुन्छ। त्यहाँ, सबै टिमले छाडेका साइकल संकलन गरेर पोखरा ल्याइनेछ। त्यसपछि खेलाडी पोखराको शान्ति स्तुपा आइपुग्छन्।
शान्ति स्तुपामा पनि चेकप्वाइन्ट रहनेछ। शान्ति स्तुपाबाट ब्याक भएर खेलाडी लिचिबोट पुग्छन्। लिचिबोटमा पनि अर्को चेक प्वाइन्ट हुन्छ। प्रत्येक चेक प्वाइन्टमा टिमका तीनै जना खेलाडी पुगेपछि मात्रै अर्को चेक प्वाइन्टका लागि दौडनुपर्ने हुन्छ। लिचिबोटबाट भने बोटिङ हुन्छ। त्यहाँ प्रत्येक टिमका लागि एउटा डुंगा तयार पारिएको हुन्छ। एउटा टिमको तीनै जनाले डुंगा चढेर बाराहीघाट पुगेपछि दौड पूरा गरेको मानिन्छ।
Related News
सम्बन्धित समाचार
राष्ट्रिय माविको हीरक महोत्सवअन्तर्गत छात्र/छात्रा सडक दौड तयारी
दुआथलनमा टमटा र खड्का विजयी
स्पोर्टस् अवार्डलाई टाइगर ग्रुपको साथ
क्रिकेटमा त्रिभुवन र अमरसिंह विजयी
स्पोर्ट्स अवार्डलाई सहयोग आउने क्रम जारी
hero news full width
मुख्य समाचार
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१